

उपल्लो मुस्ताङको लोवथाङमा गल्फ प्रतियोगिता हुने
मुक्तिनाथ (मुस्ताङ), साउन १९ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५,लोमान्थाङको लोवथाङमा गल्फ कोर्समा चौथो संस्करणको गल्फ प्रतियोगिता हुने भएको छ । समुद्री सतहबाट ४ हजार ७ सय मिटरको उचाइ लोवथाङमा भदौ २८ र २९ गते अन्तराष्ट्रिय गल्फर सहितको उपस्थितीमा हुने प्रतियोगिताको तयारी सुरू भएको मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक विष्टले बताउनुभयो ।
प्रबन्ध निर्देशक विष्टले भन्नुभयो,‘‘विश्वभर रहेका गल्फरहरूलाई निमन्त्रणा पठाएका छौं, यसपटक विदेशी गल्फरले समेत चासो देखाउनुभएको छ ।’’ प्रतियोगिताका लागि हाल गल्फर आवद्ध संघसंस्थालाई पत्रचार, मेडल तथा अन्य पुरस्कारको व्यवस्थापनका साथै आर्थिक सहयोग संकलन भइरहेको छ ।
चिसो हावापानी, प्राकृतिक र हिमश्रृंखलाले घेरिएको स्थानमा रहेको कोर्सले विश्वभरबाट गल्फका पारखीहरूलाई आर्कषित गर्ने गरी प्रचारप्रसारसहित यसपटक थप उत्कृष्ट बनाउने मुस्ताङ गल्फ कोर्सले जनाएको छ । लोमान्थाङमा रहेको गल्फ कोर्ष हाईअल्टिच्युडको दृष्टिकोणले विश्वकै अग्लो स्थानमा रहेको दाबी समेत गरिएको छ । छिमेकी देश भारतको सिक्किममा याक गल्फ ३ हजार ९ सय ७० मिटरमा छ ।
बोलिभिको ला पाजमा ३ हजार २ सय ६० मिटरको उचाई र ३ हजार ३८ मिटरमा चीनको जाडे ड्रागन माउण्टेन गल्फ क्लब र कुपर क्रिक गल्फ क्लब ३ हजार ६ मिटर उचाईमा रहेको गल्फ संघ गण्डकी प्रदेश समितिका अध्यक्ष समेत रहेका विष्टले बताउनुभयो ।
गत वर्ष सम्पन्न भएको तेस्रो संस्करणको गल्फ प्रतियोगितामा पुरुषतर्फ इन्द्रधारा विष्ट र महिलातर्फ बालकाशी गुरुङले उपाधि जित्नुभएको थियो । प्रतियोगितामा ३६ जनाको सहभागिता रहेको थियो । यसबर्ष होल इन वान हान्ने खेलाडीलाई घोडा उपहार सहित आर्कषक पुरस्कार दिने आयोजनाले जनाएको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



