केन्या भ्रमणमा अन्तिम खेल खेल्दै नेपाल

केन्याविरूद्धको एकदिवसीय अभ्यास सिरिजमा नेपालले आज आफ्नो अन्तिम तथा तेस्रो खेल खेल्दैछ। खेल केन्याको नैरोबीस्थित जिमखाना मैदानमा मध्यान्ह १२:४५ बजे सुरु हुनेछ।नेपालले लगातार दुई खेल जित्दै यसअघिनै एकदिवसीय सिरिजमा आफ्नो पक्षमा पारिसकेको छ।

अन्तिम खेलअघि सिरिज आफ्नो पक्षमा पार्ने क्रममा नेपालले शनिबार भएको दोस्रो खेलमा १६ रनको  जित निकाल्दै २-० को अग्रता लिएर सिरिज जितेको थियो।

तीन खेलको एकदिवसीय सिरिजमा नेपालको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन्। नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन लिग खेल्न गएपछि रोहितले नेपालको नेत‌ृत्व गरेका हुन्।

एकदिवसीय सिरिजअघि नेपालले केन्यासँग पाँच खेलको टी-२० सिरिज खेलेको थियो। सिरिजमा नेपाल ३-२ ले विजयी भए पनि वरीयतामा तल रहेको केन्यासँग दुई खेल हार्दा नेपालको वरीयता भने खस्किएको थियो।

Facebook Comments Box
TOP
Shares