

आरआरए क्रिकेट सोमबारदेखि
काठमाडौं, साउन २२ गते । रेडियन्ट रिडर्स एकेडेमी, सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा आयोजकको २ सहित १५ छात्र टिमको सहभागिता रहने आयोजक एकेडेमीका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
समूह ‘ए’ मा एलआरआई, डिएभी, संस्कृति र ब्लु बर्ड तथा समूह ‘बी’ मा अपी, ग्यालेक्सी, मनकामना र विश्व निकेतन रहेका छन् । भ्याली पब्लिक, गेट्वे, मोक्षदा र रेडियन्ट ‘बी’ समूह ‘सी’ मा छन् भने बालकुञ्ज, मृगसिरा वल्र्ड स्कुल र रेडियन्ट ‘ए’ समूह ‘डि’ मा रहेका छन् ।
खेल १० ओभरको हुने प्राविधिक प्रमुख रविन्द्र गुप्ताले बताए । एक टिममा १० खेलाडी हुने छन् भने ८ जनाले खेल्ने छन् । विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । चारदिने प्रतियोगिताका खेलहरु आयोजक एकेडेमीको सानेपामै रहेको रेडियन्ट क्रिकेट एकेडेमीमा खेलाइने छ ।
संस्थापक प्रिन्सिपल ढुंगानाले विद्यार्थीलाई खेलकुदको माध्यमबाट पनि अगाडि बढाउन रेडियन्टले खेलकुदको विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए । उनले प्रतियोगिताले क्रिकेटको प्रवद्र्धनमा ठोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा प्रतियोगितालाई बृहत रुपमा आयोजना गर्ने योजना रहेको बताए ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



