एआईजी टेक तामाङको प्रमुख आतिथ्यतामा पुलिस स्कुल सामाखुसीमा सञ्चालित विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न

नेपाल पुलिस स्कुल सामाखुसीको वार्षिक शैक्षिक क्यालेन्डर बमोजिम नेपाल प्रहरी कल्याणकारी कार्यक्रम अन्तर्गत २ दिवसिय “सेकेन्ड एनपिएस सामाखुसी चेस च्याम्पियनसिप- २०८२” काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख तथा नेपाल पुलिस स्कुल सामाखुसीका संरक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुसीको प्राङ्गणमा आइतबार सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा कुल ८२ विद्यालयबाट जुनियर तर्फ ८२ र सिनियर तर्फ ८४ जना गरी कुल १६६ जना सहभागीबाट सिनियर ब्वाइज (कक्षा ९–१२), सिनियर गर्ल्स (कक्षा ९–१२), जुनियर ब्वाइज (कक्षा ५–८) र जुनियर गर्ल्स (कक्षा ५–८) गरी चार समूहमा प्रतिस्पर्धा गराई प्रथम, द्वितीय, तृतीय तथा दुई- दुई जना सान्त्वना गरी २० जना विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो l
सहभागी विद्यालय तथा विद्यार्थीहरुलाई प्रमाण पत्र, पुरस्कार, मेडल तथा ट्रफि वितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नेपाल पुलिस स्कूलले शिक्षा र खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै विद्यालय स्तरमै बुद्धिचाल जस्तो बौद्धिक खेललाई प्रोत्साहन गर्नु गौरवपूर्ण कार्य भएको बताउनुभयो ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
228 Shares