राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजनामा जापानबाट आएका प्रशिक्षकद्धारा पारा पौडी खेलाडीलाई प्रशिक्षण

काठमाडौः राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजना पारा पौडी खेलाडीहरुलाई तालिम संचालन भएको छ । जापानबाट स्पोट्र्स फर टुमारो का प्रशिक्षकद्धय  मासातो सकाई,  यामानो र नेपाली प्रशिक्षक …हरुले पारा खेलाडीहरुलाई प्रशिक्षण दिएका छन् । भदौ ०६ गते देखि १० गते सम्म संचालन हुने उक्त प्रशिक्षणमा सहभागी हुन पाएकोमा पारा खेलाडीहरुले खुसी व्यक्त गरेका छन् । नेपालमा नै अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट प्रशिक्षण लिन पाउनु एउटा सुनौलो अवसर भएको एक प्रशिक्षार्थीले बताए ।
यस प्रशिक्षणले पारा पौडी खेलाडीहरुलाई उर्जा दिनुको साथै उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने पारा पौडी प्रतियोगितामा प्रतिष्पर्धा गर्न सहज हुने र यो प्रशिक्षणले उक्त प्रतियोगितामा आफ्‌ना खेलाडीहरुले राम्रो नतिजा ल्याउने विश्वास लिएको संस्थाका अध्यक्ष सरोज श्रेष्ठले बताए । जापानबाट आएका प्रशिक्षकहरु  मासातो सकाई र  यामानो तथा उनको समुहलाई नेपालको पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, ऐतिहासिक क्षेत्र, विश्व सम्पदा सूचिमा सुचिकृत स्थलहरुको भ्रमण गराइने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
जापानबाट आएका प्रशिक्षक सहितको प्रतिनिधिमण्डलले राष्ट्रिय प्यारालिम्पिक समिति कि अध्यक्ष राधा घलेसँग सौहाद्रपूर्ण भेटघाट गरेको छ । यो भेटले खेलकुदको माध्यमबाट उज्ज्वल भविष्य सिर्जना गर्न द्धिपक्षीय सहकार्य हुने अध्यक्ष राधा घललेले बताइन् ।

नेपालमा अपांगता भएका व्यक्तिहरुको पारा पौडी खेलको विकास र विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकुद प्रतियोगिता हुने अवसरहरुको खोजी गरी सवै प्रकारका आपङ्गता भएका खेलाडीहरु जस्तैः एम्पुटिज, दृष्टिविहीन, शाररीक तथा बहुअपाङ्गता भएका खेलाडीहरु समेतको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन र सहभागिता गरी राष्ट्रको गौरव बढाउने उदेश्यले “राष्ट्रिय पारा पौडी संघ नेपाल” नामक गैर सरकारी संस्था जिल्ला प्रशासन कार्यालय काठमाण्डौ तथा  राष्ट्रिय खेलकुद परिषद्मा पनि दर्ता भएको संस्था हो ।
Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
176 Shares