नेपाल ʻएʼ टिमले आसामको टिमसँग पाँच टी-२० सिरिज खेल्ने

काठमाडौं । भारतको गुवाहाटीमा नेपाल ʻएʼ टिमले आसामको राज्य टिमसँग पाँच खेलको टी-२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिवार नेपाल ʻएʼ टिमको घोषणा गरेको हो।

सिरिज भदौ १० देखि १८ (अगस्ट २६ देखि सेप्टेम्बर ३) सम्म हुने छ। क्यानले अनिल साहको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ। अनिलले नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका छन्। टोलीमा आदिल अन्सारीले पनि मौका पाएका छन्।

नेपाली टोली
अनिल साह (कप्तान),अर्जुन घर्तीमगर, तृतराज दास, सुभ कन्साकर, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, विवेक कुमार यादव, पवन सराफ, बसिर अहमद, आकाश चन्द, कमल सिंह ऐरी, मोहम्मद आदील आलम अन्सारी, शेर मल्ल, युवराज खत्री र सागर ढकाल रहेका छन्।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
120 Shares