

नेपाल ए ले आसामसँग चौथो खेल खेल्दै
काठमाडौं। भारत भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज असम क्रिकेट एसोसिएसनसँग चौथो टी–ट्वेन्टी खेल्दैछ।
चौथो खेल पनि डे–नाइट मोडलमा हुँदैछ। नेपाल ए र असमबीचको खेल असम क्रिकेट एसोसिएसन एसीए स्टेडियम गुवाहटीमा साँझ ५ बजे सुरु हुनेछ। पाँच खेलको टी–ट्वेन्टीमा नेपालले २–१ अंकको अग्रता लिएको छ। पहिलो खेलमा पराजित भएको नेपाल एले त्यसपछिका दुई खेलमा लगातार जित निकालेको हो।
शनिबार तेस्रो खेलमा नेपाल एले ९ रनको जित निकाल्यो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन जोडेको थियो।
जसमा सन्दीप जोराले ४८ बलमा ७४ रनको अर्धशतकीय इनिङ्स खेले। जवाफी ब्याटिङमा आएको असम पूरै ओभरमा १ सय ८७ रनमा अलआउट भयो।
नेपाल एले भोलि अन्ति खेल पनि डे–नाइट मोडलमै खेल्ने नेपाल क्रिकेट एसोसिएसन क्यानले जनाएको छ। नेपाल ए राष्ट्रिय क्रिकेट टोलीको व्याकअप टोली हो।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



