

किरण कोली मृत्यु प्रकरण : प्रहरीमा जाहेरी दर्ता
बैतडी, भदौ १९ गते । विद्युतको हाइटेन्सनलाइन मुनि थुपारिएको बालुवामा खेल्ने क्रममा मृत्यु भएका बैतडी डिलासैनी गाउँपालिकाका १४ वर्षीय बालक किराण कोली मृत्युका विषयमा जाहेरी दर्ता भएको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा सरुवा भइ आउनुभएका प्रहरी नायव उपरीक्षक दिपककुमार रायले सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो,“ गएको साउन १७ गते डिलासनी गाउँपालिका–३, गिरिबगडका १४ वर्षीय बालक किरण कोलीको बालुवाको थुप्रोमा खेल्नेक्रममा करेन्ट लागेर मृत्यु भएको विषयमा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता भइ अनुसन्धान भइरहेको छ ।” उहाँले पीडित परिवारले हुलाकबाट दिएको पुरक जोहेरीसमेत प्राप्त भएकाले सोमाथि पनि अनुसन्धान भइरहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम पाण्डेयले साउन १७ गते बालकको करेन्ट लागेर मृत्यु भएपछि मृतक बालकका बाजे हरिचन्द्र कोलीले दिनु भएको जाहेरी साउन २१ गते नै दर्ता भएको बताउनुभयो । उहाँले भन्नुभयो,“ घटनास्थल दार्चुलाको गोकुलेश्वर स्थित इलाका प्रहरी कार्यालय नजिक पर्ने भएकाले मृतकका आफन्तले साउन १८ गते त्यहाँ जाहेरी दिएका हुन् । सो जाहेरी गोकुलेश्वर प्रहरीको समन्वयमा बैतडी आइपुगेपछि साउन २१ गते इलाका प्रहरी कार्यालय पाटन, बैतडीमा ज्यान सम्बन्धी मुद्दा नं.८–२०८२÷०८३ दर्ता भएको छ । पीडित परिवारले हुलाकमार्फत दिएको पुरक जाहेरी पनि प्राप्त भइ अनुसन्धान भइरहेको छ ।”
अहिलेसम्म कुनै व्यक्ति पक्राउ नपरेको सञ्चारकर्मीको प्रश्नमा उहाँले घटनामा प्रहरीले कुनै कसुर बाँकी नराखी अनुसन्धान भइरहेकाले ‘पहिले सुन्ने, अनि थुन्ने’ बताउनुभयो ।
मृतक बालकी आमा राजमति कोलीले भने घटनामा सुदूरपश्चिम प्रदेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालको निर्माण कम्पनीले विद्यतुको हाइटेन्सन लाईनमुनि थुपारेको बालुवाका कारण करेन्ट लागेर छोराको मृत्यु भएपछि मन्त्री, उहाँ छोरा र वडा अध्यक्षको नाममा जाहेरी दिएको बताउनुभयो।
भदौ पहिलो साता प्रहरीले जाहेरी लिन नमानेपछि हुलाकमार्फत पठाएको मृतक बालकका सहोदर काका तुलाराम कोलीले बताउनुभयो । बालककी आमा राजमति कोलीले श्रीमान्को केही वर्षअघि मृत्यु भएपछि आफू एकल महिला भएकाले गाउँले र छिमेकीले सहयोग नगरेपछि वैदेशीक रोजगारीमा रहेका देवरलाई घर बोलाएको बताउनुभयो ।
देवर र कान्छो छोरालाई साथमा लिएर जाहेरी दिन बैतडी सदरमुकाम पुग्दा प्रहरीले जाहेरी लिन नमानेपछि न्याय माग्न अहिले काठमाडौं पुगेको बताउनुभयो । उहाँले घटना मिलाउन मन्त्री र वडा अध्यक्षले आफूलाई थाहै नदिई खातामा पाँच लाख रुपियाँ जम्मा गरेको बताउनुभयो ।
यसैगरी, बालुलाको थुप्रोमा खेल्नेक्रममा करेन्ट लागी मृत्यु भएका बालको मृत्युका विषयमा सत्यतथ्य छानबीन गरि दोषी उपर कारबाही गर्न नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्तीसमेत जारी गरेका छन् ।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
१० घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





