

टी-२० विश्वकप : सुपर-६ मा नेपालले प्रतिस्पर्धा गर्ने चारै टोलीको टुंगो
आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको सुपर-६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। शुक्रबार राति घरेलु टोली ओमानले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेसँगै सुपर-६ को समिकरण पनि पूरा भएको छ।
सुपर सिक्समा समूह-१ बाट युएई र कतार, समूह-२ बाट नेपाल र जापान तथा समूह-३ बाट ओमान सामोआ सुपर-६ मा पुगेका हुन्।
अब सुपर-६ मा आफ्नो समूहबाट आएका बाहेकका चार टोलीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। आफ्नो समूहबाट आएको टोलीसँगको नजिता पनि सुपर-६ मा गणना हुनेछ।
जसमा युएई, नेपाल र ओमानले सुपर-६ मा २-२ अंक जोडिसकेका छन्। अब नेपालले सुपर-६ मा आइतबार युएईसँग पहिलो खेल खेल्नेछ। दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
सुपर-६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



