

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पर्सामा छठ मनाइयो
वीरगञ्ज । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पर्सामा छठ पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । सोमबार साँझ यहाँका पोखरी, तलाउ तथा नदीतटमा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको उपस्थितिमा छठ पर्व मनाइएको हो ।
पर्सा जिल्लावासीले आफ्नो घर नजिकै पर्ने छठघाटमा पुगेर लोकआस्थाको पर्व छठ पर्व भव्य र सभ्य ढङ्गले मनाएका हुन् । वीरगञ्ज महानगरसहित जिल्लामा रहेका विभिन्न छठघाटलाई सिँगारेर ‘बेहुली’ झैँ चिटिक्क रङ्गीचङ्गी झलरसहितका बत्तीले सजाइएको छ ।
यहाँका श्रद्धालु भक्तजन दिउँसो १ः०० बजेपछि घर नजिकै रहेको छठघाटमा परिवारका पुरुष सदस्यले ‘दउरा’ ९पूजाका सामग्री बोकेको ढकिया० बोकेर पुगेका थिए । छठ कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर कात्तिक शुक्ल सप्तमीको बिहानीको उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिन्छ । छठ पर्वको मुख्य तिथि ९यस वर्ष सोमबार० कात्तिक शुक्ल षष्टीको दिनलाई मान्ने गरिन्छ ।
घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेशकुमार साह कानुले वीरगञ्जसहित पर्सा जिल्लामा लोकआस्थाको पर्व भव्य र सभ्य ढङ्गले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको बताउनुभयो ।
“यहाँ अहिलेसम्म निकै सौहार्दपूर्ण वातावरणमा छठको पूजाअर्चना भइरहेको छ”, उहाँले भन्नुभयो, “घडीअर्वा पोखरीमा मात्रै करिब सात हजारभन्दा बढी श्रद्धालु भक्तजनले छठमाताको पूजाअर्चना गर्नुभएको छ ।” उहाँले आज बिहानसम्म घडीअर्वा पोखरीमा मात्रै एक लाखभन्दा बढी दशनार्थीले अवलोकन गर्ने दाबी गर्नुभयो ।
बर्तालुका अनुसार दाउरामा विशेषगरी बोटसहितको अदुवा मुला, केरा, पिँडालु, बेसार, नरिवल, स्याउ, सुन्तला केरालगायत फलफूल, प्रसादमा ठेकुवा लिएर घाटमा पूजा आराधाना गर्ने चलन छ । अघ्र्यका लागि भने कसैली सुपारी, इलाइची, ल्वाङ, सिन्दुर चढाउने परम्परा छ । छठ पर्वमा महिला–पुरुष भक्तजनले नदीबाट जल लिएर अस्ताउँदो वा उदाउँदो सूर्यतर्फ फर्किएर अघ्र्य दिने गरिन्छ ।
नारायणी वाङ्मय प्रतिष्ठानका पूर्वसचिव मनोज उपाध्यायले लोकआस्थाको पर्व छठलाई वीरगञ्जमा लामो समयदेखि निष्ठा र श्रद्धापूर्वक मनाइएको बताउनुभयो । “महिलाले आफ्नो परिवार र सन्ततिको सुख र समृद्धिको कामना गर्दै पानीसमेत नखाई व्रत बसी छठ मनाउने गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “छठ पर्व प्रकृतिसँग जोडिएकाले पनि यसको महत्त्व छ ।” उहाँका अनुसार विधिवत् रूपमा छठ पूजाको समापन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गर्ने गरिन्छ ।
पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकले छठ पर्वमा शान्तिसुरक्षा उचित प्रबन्ध व्यवस्था मिलाइएको जानकारी दिनुभयो । “हामीले पर्याप्तमात्रामा जनशक्ति खटाएर छठ पर्वलाई व्यवस्थित र सुरक्षित ढङ्गले मनाउने वातावरण मिलाइरहेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म कुनै पनि आवाञ्छित गतिविधि भएको छैन ।”
अध्यक्ष कानुले छठ पर्वमा परिवारका सदस्यले पूजाका सामग्रीलाई ढकिया, डालोलगायत राखेर छठघाटमा ल्याउने परम्परा रहेको जानकारी दिनुभयो । “महिला बर्तालु पानी नखाई व्रत बस्ने भएकाले परिवारका सदस्यले छठघाटसम्म पूजाका सामग्री बोकेर ल्याउने चलन छ”, उहाँले भन्नुभयो, “परिवारको सुख, शान्ति र भ्रातृत्वको विकास गर्नका लागि यो पर्व निकै महत्वपूर्ण मानिन्छ ।”
वीरगञ्ज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, मुर्ली छठघाट, माइधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवाको छठघाटमा उल्लेख्य सङ्ख्यामा भक्तजनको सहभागिता रहन्छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



