

राजनीतिमा पूर्व प्रहरीहरू , हैसियतका साथ जाऔँ, जोकर नबनौँ ——बसन्त कुँवर
पूर्व प्रहरीहरू या त आफैले नयाँ दल खोली वा खुलेका दलमा प्रवेश गरी राजनीतिमा लाग्ने क्रम बाक्लिएको छ, जुन सकारात्मक नै छ। मैले आफ्नै पहल र सक्रियतामा निर्वाचन आयोगमा दर्ता गरी राष्ट्रसेवकहरूको राजनीतिक दल खोलेको र देशव्यापी शाखा खोले पनि राजनीतिक दल सम्बन्धी कानुनी पक्षहरू राम्ररी अध्ययन नगरेका कारण त्यस दलको रक्षा गर्न नसकेको अनुभव छ।
त्यति बेला पूर्व प्रहरीहरूले नयाँ राजनीतिक दल खोल्दा बहालवाला आईजीपीसम्मलाई टाउको दुखेको थियो तर ती नै अफिसरहरू अहिले आफैँ राजनीतिक दलहरूमा लागेको देख्दा खुसी नै लागेको छ।
राजनीतिमा पूर्व प्रहरी अफिसरहरू ३ कारणले लागेका हुन सक्छन्! पहिलो, उनीहरूले बुझे कि “जबसम्म राजनीतिमा जाइँदैन, तबसम्म चाहेजस्तै ठूलो काम गर्न नसकिने रहेछ।” उनीहरू राज्य र जनताका लागि ठूलो काम गर्न चाहन्छन्, जुन काम हिजो उनीहरूले कर्मचारी भएर गर्न सकेनन्। त्यसैले राजनीतिमा लागे।
दोस्रो, उनीहरूले आफ्नो जागिरे जीवनमा चरम कुशासन देखे, चरम शोषण र असफल तथा अनैतिक नेता देखे। उनीहरूले त्यस्ता नेता र त्यस्ता अनैतिक व्यवस्थालाई बदल्न तथा आफ्नो क्षमता र तालिमको ज्ञानबाट मुलुकमा विकास र सुशासन प्रदान गर्न चाहन्छन्।
तेस्रो, उनीहरू अझै राज्यसत्तामा पुगेर केही लाभ लिन चाहन्छन्। अझै व्यक्तिगत लाभ लिने रहर बाँकी छ। माथिका कारण जेहोस्, आम राजनीतिमा लाग्नेहरुभन्दा पूर्व प्रहरीहरूमा व्यावसायिकता, तालिम, ऐन–नियम तथा प्रशासनिक ज्ञान अरुभन्दा बढी नै हुन्छ, तर जनताले पूर्व प्रहरीहरूलाई सकारात्मक र नेताको रूपमा नहेर्ने हुँदा स्थापित नेता हुन चाहिँ गाह्रो पर्न सक्छ।
हरेक दलले पूर्व प्रहरीहरूलाई कार्यकर्ता रूपमा पाउनु त्यो दलको सौभाग्य हो तर पूर्व प्रहरीहरूले के कुरा बुझ्नुपर्छ भने—आफू त्यस दलमा कुन हैसियतमा गएका हौँ?
यदि केवल सल्लाहकार वा बिद्वत परिषद् वा त्यस्तै औपचारिकताको पदमा मात्र गएका हौँ भने पछि त्यस दलमा हामीलाई हावा मात्र बनाउनेछन्।
पूर्व प्रहरीहरू जहाँ जुन दलमा जाऊन्, हैसियतका साथ जाऊन् भन्ने मेरो चाहना छ, र त्यस हैसियत प्राप्त गर्न पहिलो त साथीहरूले पार्टी प्रवेश गर्ने बेलामै आफ्ना माग स्पष्ट राख्नु पर्छ र दोस्रो, प्रवेशपछि राष्ट्रिय–अन्तर्राष्ट्रिय ज्ञानका साथै राजनीतिक दल सम्बन्धी कानुन–व्यवस्था राम्ररी बुझ्नुपर्छ, नत्र माथि भनिएझैँ त्यहाँ हाम्रो हैसियत जोकर वा हल्का मात्र हुनेछ।
हामीले जोकरको अवस्था भोगेका थियौँ। अबका साथीहरूले नभोगून्। आफू संसदीय चुनावमा उठ्ने अवस्थामा जनतासँग भिजौँ। जोडिऔँ।
समाज
थप सामाग्री-
एसएसपी दिलीप घिमिरेद्वारा सरुवा भएका इन्स्पेक्टरको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
-
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
-
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
-
मधेशमा सुधारको नयाँ अध्याय लेख्दै डिआईजी गोविन्द थपलिया : आठ महिनामै ऐतिहासिक छाप
-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
१५ घण्टा अगाडि
1.5kViews 443 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने अधिकांश महिलाले…



