

१७ वर्षमा ४७ लाखभन्दा बढीले अवलोकन गरे नारायणहिटी दरबार सङ्ग्रहालय
काठमाडौँ । स्थापनादेखि हालसम्म नारायणहिटी दरबार सङ्ग्रहालय अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या साढे ४७ लाख नाघेको छ। गएको मङ्सिर मसान्तसम्म कुल ४७ लाख ७७ हजार ७ सय जनाले सङ्ग्रहालय भ्रमण गरेका छन्।
शाहवंशीय राजतन्त्रको अन्त्यपछि नारायणहिटी राजदरबारलाई २०६५ साल असार १ गते सङ्ग्रहालयमा रूपान्तरण गरिएको हो । सोही दिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विधिवत् रूपमा उद्घाटन गरे पनि सर्वसाधारणका लागि भने २०६५ साल फागुन १५ गतेदेखि खुला गरिएको थियो।
सरकारले प्रवेश शुल्कका रूपमा विद्यार्थीबाट ५० रुपैयाँ, नेपाली नागरिकबाट २०० रुपैयाँ, सार्क राष्ट्रका नागरिकबाट ५०० रुपैयाँ र अन्य विदेशी नागरिकबाट १,००० रुपैयाँ लिँदै आएको छ । सङ्ग्रहालय हप्ताको मङ्गलबार र बुधबार बन्द रहने गर्छ भने शनिबारसहित अन्य सार्वजनिक बिदाका दिनमा खुला रहन्छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



