मेलम्चीमा शोकसन्तप्त परिवारसँग भेटघाट गर्दै युवराज दुलाल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले मेलम्ची नगरपालिका वडा नं. १३ फटकसिला निवासी विष्णुबहादुर दनुवार र सिताराम दनुवारकी ममतामयी आमा गौरी दनुवारको असामयिक तथा दुःखद निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
नेता दुलालले शोकसन्तप्त परिवारजनको निवासमा पुगेर प्रत्यक्ष भेटघाट गर्दै गहिरो समवेदना व्यक्त गर्नुभयो। उहाँले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस कठिन घडीमा परिवारजनलाई धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना समेत गर्नुभयो।
समाजप्रति योगदान पुर्‍याउँदै आएकी गौरी दनुवारको निधनले परिवार मात्र होइन, समग्र स्थानीय समुदाय नै शोकाकुल बनेको उल्लेख गर्दै नेता दुलालले दुःखको यस घडीमा पार्टी र आफू सधैं पीडित परिवारको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
350 Shares