

थारू समुदायको माघीमा विवाह छिनोफानो गर्ने परम्परा लोपोन्मुख
तुलसीपुर । थारू समुदायले माघीमा उमेर पुगेका सन्तानको विवाहको छिनोफानो गर्ने चलन थियो । माघ १ गते विवाह गर्ने उमेरका सन्तानको घरमा छलफल गर्ने र निर्णय गर्ने त्यसपछि माघ २ गते गाउँका महतवाको घरमा बसेर छलफल गरेर निर्णय गर्ने चलन थियो । विवाह गर्ने उमेरका सन्तानका लागि केटा वा केटी खोज्न कहाँ जाने, कोसँग जाने भन्ने कुराको निक्र्यौल त्यही २ गतेको भेलाले गर्ने गथ्र्यो ।
त्यसपछि माघ महिनाभर केटाका लागि केटी र केटीका लागि केटा तयार गरेर बिहेको समय टुङ्गो लगाएर विवाह गरिदिने चलन थियो । तर, अहिले त्यो चलन लोप हुन लागेको थारू अगुवा खुसीराम चौधरीले बताउनुभयो । “पहिले माघीमा उमेर पुगेका सन्तानको विवाह गरिदिने चलन थियो, तर अहिले त्यो चलन हरायो”, उहाँले भन्नुभयो ।
यसरी मागी विवाह गर्ने चलन रहे पनि अहिले आफैँ भागेर पनि विवाह गर्ने तथा आफूले रोजेको केटासँग आफैँ बिहे गरेर जाने भएकाले त्यो चलन हराउँदै गएको चौधरीको भनाइ छ । यसरी आफैँ विवाह गर्ने चलन बढेपछि गाउँको बैठकमा विवाहको कुराले खासै प्रवेश नपाउने गरेको उहाँले बताउनुभयो । थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । महिनाभरि नै थारू समुदायले माघी मनाउँछन् ।
समाज
थप सामाग्री-
मधेश प्रदेशमा पाठ्यपुस्तक ढुवानी आधा मात्र सम्पन्न, देशभर वितरण लगभग पूरा
-
आज वैशाख १६ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
संसद् छल्दै अध्यादेश ल्याउने अभ्यासबारे बहस, विकास र प्रशासनिक गतिलाई मुख्य कारणका रूपमा दाबी
-
लगातार वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द
-
सुदूरपश्चिममा आपराधिक समूह सक्रिय नरहेको प्रहरी दाबी, भुइँतहमा भने त्रास कायम
अब धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्याइने
४ घण्टा अगाडि
2.2kViews 259 Shares Share on Facebook Share on Twitter धादिङ । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको घरदैलोमा नै राहदानी पुर्याउन सुरु…



