

हरिबोल गजुरेल र महेश्वर दाहालसहितका ७ जना नेता नेकपाबाट निस्कासन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निस्कासनमा परेका छन्। पार्टीको निर्णय विपरित सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेपछि उनीहरू कारबाहीमा परेका हुन्।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा सिन्धुली २ बाट महेश्वर दाहाल पनि पार्टीबाट टिकटका आकांक्षी थिए। टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
सिन्धुली २ मा नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) रहेका छन्। लेखनाथले गत निर्वाचनमा सिन्धुली २ बाट चुनाव जितेका थिए।
बागी उम्मेदवार महेश्वरलाई समर्थन गरेका कारण हरिबोल गजुरेल पनि कारबाहीमा परेका हुन्। पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका कारण अनुशासनको कारवाही गर्दै पार्टीबाट निस्कासन गरिएको नेकपाले जनाएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१९ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



