

वडा अध्यक्षसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष जलालुदिन मंसुरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरुविरुद्ध बाराको साविक भतौडा गा।वि।सं। वडा नं. २ को कित्ता नं. २८८ र २९० को जग्गा खरिद बिक्री गर्दा गलत लिखत तयार गरी तराइ घर-बाटो भएकोमा नभएको भनी थैली रकम कम राखी राजस्व रकम हिनामिना गरेको आरोप लागेको छ ।
तत्कालीन वडा अध्यक्ष मन्सुरसहित तत्कालीन वडा सचिव रघुप्रसाद गोढीविरुद्ध जग्गा खरिदकर्ता र जग्गा बिक्रीकर्तासमेतको आपसी मिलेकतोमा आफू समेतका प्रतिवादीहरुलाई लाभ र नेपाल सरकार तथा सार्वजनिक संस्थालाई हनि पु¥याउने बदनियतले ६ लाख ९४ हजार ६५१ रुपियाँ हिनामिना गरेको आरोप लागेको छ ।
यसैगरी, जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुरविरुद्ध तीन लाख ७७ हजार रुपियाँ र जग्गा खरिदकर्ता हिरालाल प्रसादविरुद्ध तीन लाख १७ हजार ६५१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आइतबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१९ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



