

जगदीश वैद्य :राज्य संयन्त्रलाई समेत गुमराहमा पारी आफूलाई माननीय घोषणा गर्दै
काठमाडौं । जगदीश वैद्य नाम गरेका एक व्यक्तिले लामो समयदेखि विभिन्न निकाय र राज्य संयन्त्रलाई समेत गुमराहमा पारी कागज पत्र बनाउने र त्यसैका आडमा आफूलाई माननीय घोषणा गर्दै हिँड्ने गरेको तथ्य खुलेको छ । कतिसम्म भने फर्जी कागजातकै आधारमा उनले सडक र पार्कको नामाकरण आफ्नो नाममा गराउन सफल भएका छन् ।
कालीकोटको तिलगुफा नगरपालिकाको राजपत्रमा उनले सडक र पार्क आफ्नो नाममा छपाउन लगाएपछि वैद्यको कर्तुत सार्वजनिक भएको हो । आफूलाई प्रा.डा. भनी उल्लेख गर्ने वैद्यले नेपालका ६७२ पालिकाहरूको प्रमुख सल्लाहकार पदका रही कामकाज गर्दै आएको दाबीसमेत गरेका छन् ।
जेभी फाउन्डेसनका केन्द्रीय अध्यक्ष रहेका वैद्यलाई विभिन्न स्थानीय तहका जनप्रतिनिधिले सामुदायिक भवन, पार्क, सडक, खानेपानी, विद्यालय भवनलगायतका भौतिक पूर्वाधार निर्माणमा आर्थिक र भौतिकलगायतका सामाजिक कार्यमा सहयोग गरेको भन्दै प्रमुख सल्लाहकारको उपाधि प्रदान गर्दै आएका छन् ।
वैद्यले प्रयोग गर्दै आएको ‘प्राध्यापक डाक्टर’ उपाधि स्वघोषित भएको पाइएको छ । उनले कुनै पनि विश्वविद्यालयबाट प्राध्यापक पद प्राप्त गरेका छैनन् । सुदूरपश्चिम विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गरेकाले उनले ‘डाक्टर’ लेख्दै आएका छन् ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१९ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



