

काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु
10.4kViews
221
Shares
काठमाडौं । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु भएको छ । माघ १६ गते चाबहिलस्थित चलचित्र विकास बोर्डमा भएको उद्घाटनसमारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक मण्डलका सदस्यहरू, विभिन्न देशबाट आएका अन्तर्राष्ट्रिय प्रतिनिधि तथा चलचित्रकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
समारोहमा प्रमुख अतिथिका रुपमा चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष श्री दिनेश डी.सी. राष्ट्रिय निर्णायक मण्डलतर्फ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र लेखक तथा निर्देशक रमेश बुढाथोकी र निर्माता तथा छायाँकार रविन आचार्यको उपस्थित रहेका थिए । अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा बेलायतकी निर्माता एड्रिना जुली कुलिग र अर्जेन्टिनाका निर्देशक तथा चिकित्सक डा. जर्ज गुइलेर्मो क्याराभोत्ता सहभागी रहेका थिए ।
उद्घाटन समारोहमा फ्रान्स, भारत, बंगलादेश, लिथुआनिया, जर्मनी, अमेरिका, अस्ट्रेलिया र इजरायललगायत विभिन्न देशबाट आएका ८ अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थिति रहेको थियो । उनीहरूलाई नेपाली संस्कृति झल्कने ढाका टोपी र खादा ओढाएर आत्मीय स्वागत गरिएको थियो । समारोहमा सांस्कृतिक नृत्य तथा कला प्रस्तुति, साथै छनोट चलचित्रहरूको विशेष स्क्रिनिङ गरिएको थियो, जसले उद्घाटन कार्यक्रमलाई अझै भव्य र स्मरणीय बनाएको थियो ।
माघ १८ गतेसम्म सञ्चालन हुने यस महोत्सव चाबहिलस्थित चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना रहनेछ । महोत्सवमा ३९ देशका ८५ चलचित्रहरू प्रदर्शन भइरहेका छन् । महोत्सवमा लघुचलचित्र, कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रसँगै महिला, बालबालिका, मानव अधिकार तथा सांस्कृतिक विषयवस्तुमा आधारित चलचित्रहरू समावेश गरिएका छन् । “तीन मिनेटदेखि साढे दुई घण्टासम्म अवधिका चलचित्रहरू महोत्सवका लागि छनोट भएका छन्,” महोत्सवका निर्देशक तथा अध्यक्ष सन्तोष सुवेदीले बताए । महोत्सवको समापन समारोह नेपाल पुलिस क्लबमा आयोजना गरिनेछ, जहाँ उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकारलगायत विभिन्न विधामा उत्कृष्ट ठहरिएका चलचित्र तथा स्रष्टाहरूलाई अवार्ड तथा विशेष सम्मान प्रदान गरिनेछ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



