

बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको मस्यौदा तयार
तनहुँ । भानु नगरपालिका–९, काउरेटारमा निर्माण गर्न लागिएको बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार भएको छ । भानु नगरपालिकाले उक्त रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको हो ।
खेलकुद पूर्वाधार विकासतर्फ भानु नगरपालिकाले चालेको यस कदमलाई नगरकै मात्र नभई सम्पूर्ण तनहुँ जिल्लाको गौरवको आयोजनाका रूपमा हेरिएको छ । मस्यौदामा सरोकारवाला निकाय, प्राविधिक तथा जनप्रतिनिधिबाट प्राप्त सुझाव समेटी एक साताभित्र आवश्यक परिमार्जनसहित अन्तिम रूप दिइने नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए । अन्तिम डिपिआर तयार भएपछि टेण्डर प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पठाइने उनले बताए ।
यस परियोजनालाई नगर गौरवको आयोजनाका रूपमा अघि बढाउन लागिएको हो । दीर्घकालीन प्रभाव र क्षेत्रीय महत्वलाई ध्यानमा राख्दै यसलाई बहुवर्षीय योजनाका रूपमा सूचीकृत गर्न नेपाल सरकार, अर्थ मन्त्रालय समक्ष औपचारिक अनुरोधसमेत गरिएको छ । प्रस्तावित डिपीआरअनुसार यस परियोजनाअन्तर्गत करिब रु १५ करोड बराबरका संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



