शक्ति बस्नेतको चुनावी एजेण्डा : जाजरकोटका भुकम्प पीडितको आवास पुनर्निमाणलाई प्राथमिकता

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टी जाजरकोटका उम्मेदवार शक्ति बस्नेतले २०८० सालको भुकम्प पीडित आवास पुनर्निमार्णलाई प्राथमिकतामा राखेर आफ्नो चुनावी एजेन्डा तय गरेका छन् । उनले पीडितलाई स्थायी आवास निर्माण गर्न प्रति भूकम्प पीडित कम्तिमा ५ लाख रुपैयाँ कायम गर्ने, पहिलो किस्तामा कम्तिमा १ लाख ५० हजार उपलव्ध गराउने र झन्झटिलो विस्तृत क्षती मूल्यांकन प्रक्रिया हटाई सरलीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले विपद् प्रभावित नीजि आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि संशोधन गरी पुर्ननिर्माण तथा नव निर्माण छिटो सम्पन्न गर्न पहल गर्ने बताएका छन् ।

बस्नेतले गरिव घरधुरी प्रतिशत वढी भएको जुनीचादे गाउंपालिका सहित सिंगो जाजरकोट जाजरकोट जिल्लामा गरिवी निवारणका लागि स्थानीय तह, प्रदेश सरकार, नेपाल सरकार, मित्रराष्ट्र, विकास साझेदारहरुको सहकार्यमा विशेष वहुपक्षीय प्याकेज सहितको एकीकृत विकास कार्यक्रम कार्यान्वयन गर्न पहल गर्ने उनको घोषणा छ ।
उनले पुर्वाधार विकासको क्षेत्रमा धेरै योजनाहरु अघि सारेका छन् । लुम्विनी–रारा राजमार्गको जाजरकोट खण्डको वांकी ट्रयाक खोल्ने र कालोपत्रे सम्पन्न गर्ने, स्थानीय तह केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने तथा सवै वडा केन्द्र जोड्ने सडक स्तरोन्नती गर्ने, जाजरकोट – खलंगा – मछाईना – ढुंगीला सडक स्तरोन्नती गर्ने र मोर्क –सानाखोला चादे सडक ट्रयाक खोल्ने उनको योजना रहेको छ । त्यस्तै, छेडा – कचाली सडक स्तरोन्नती गर्ने, धरमपोखरा – कचाली देशिपाटा – पञ्चाला जुनी सडक स्तरोन्नती गर्ने र पांचकाटिया – नेटिलेक वारेकोट जुम्ला सडक स्तरोन्नती गर्ने लगायतका विभिन्न प्रतिबद्धता उनले गरेका छन् ।

५ वर्ष भित्र जिल्लाका सवै खेतीयोग्य जमीनमा सिंचाई सुविधा सुविधा उपलव्ध गराउने, सिंचाई प्रोफाईलका आधारमा सम्भाव्य सवै निर्माणाधीन सिंचाई आयोजना सम्पन्न गर्ने, वैकल्पिक सिंचाई प्रणालीका रुपमा लिफ्ट र थोपा सिंचाई प्रणाली समेत अवलम्वन गर्ने बताइएको छ । बस्नेतले बाँकी रहेका सवै वस्तीहरुमा टेलिफोन, मोवाईल र ईन्टरनेट सेवा विस्तार गर्ने, सवै स्थानीय तहको केन्द्र सम्म अप्टिकल फाईवर सेवा विस्तार गर्ने लगायतको प्रतिबद्धता गरिएको छ ।

त्यसैगरी, ४१७ मेघावाट क्षमताको नलगाड जलविद्युत आयोजना, ९८ मेघावाट डांडागाउं भेरी जलविद्युत आयोजना र विराखोला – सुवागाड जलविद्युत आयोजनाको निर्माण कार्य शुरु गर्ने उनको प्रतिबद्धता छ । कार्य प्रारम्भ हुन थालेको १२० मेघावाट जगदुल्ला ए जलविद्युत आयोजना र ७ मेघावाट ताक्सुगाड को निर्माण कार्य जलविद्युत आयोजनाको निर्माण सिघ्र सम्पन्न गर्ने, १ वर्ष भित्र दानीपिपल मैनतडा ४०० के.भी. क्षमताको प्रशारण लाईनको निर्माण सम्पन्न गर्ने उनले घोषणा गरेका छन् ।

Facebook Comments Box
TOP
186 Shares