

कार्की आयोग प्रतिवेदन कार्यान्वयनपछि उपत्यकामा ‘हाई अलर्ट’ — गृहमन्त्री गुरुङद्वारा सुरक्षा प्रमुखहरूसँग आकस्मिक छलफल
काठमाडौँ । नवगठित मन्त्रिपरिषद्को पहिलो निर्णयले नै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा उभ्याएको छ। गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णयसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको हो।
सरकारको यस निर्णयपछि उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीको मूल्याङ्कन गर्दै नव–नियुक्त गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका शीर्ष नेतृत्वसँग आकस्मिक छलफल सुरु गरेका छन्। उच्च सुरक्षा स्रोतका अनुसार, गृहमन्त्री गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालबीच नक्सालस्थित सशस्त्र प्रहरी प्रमुखको सरकारी निवासमा रणनीतिक बैठक जारी छ।
छलफलमा सम्भावित विरोध प्रदर्शन, राजनीतिक असन्तुष्टि र सुरक्षा जोखिमहरूको समग्र समीक्षा गर्दै एकीकृत सुरक्षा रणनीति तय गर्ने प्रयास भइरहेको जनाइएको छ।
यसअघि शुक्रबार साँझ नै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैले मातहतका सबै इकाइहरूलाई ‘हाई अलर्ट’मा रहन निर्देशन दिइसकेका छन्। उपत्यकाका प्रमुख संवेदनशील क्षेत्रहरूमा सुरक्षा उपस्थिति बढाइएको छ भने सम्पूर्ण सुरक्षा युनिटहरूलाई तत्काल परिचालनका लागि तयारी अवस्थामा राखिएको छ।
बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि सुरक्षा संयन्त्र थप सक्रिय बनेको हो। उक्त प्रतिवेदन कार्यान्वयनले राजनीतिक र सडकस्तरमा नयाँ तरंग ल्याउन सक्ने आकलन गर्दै सुरक्षा निकायहरूले पूर्वतयारी तीव्र पारेका हुन्।
सरकारको निर्णयले शान्ति–सुरक्षा कायम राख्ने चुनौती थपिएको अवस्थामा सुरक्षा निकायहरू ‘प्रो–एक्टिभ’ रणनीतिमा केन्द्रित देखिएका छन्। आगामी दिनमा उपत्यकाको सुरक्षा अवस्था कस्तो मोड लिन्छ भन्ने विषय यतिबेला चासोको केन्द्र बनेको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



