काठमाडौँमा सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा : सशस्त्र र नेपाल प्रहरीलाई बर्दीसहित तयारीमा रहन निर्देशन

काठमाडौँ । देशको सुरक्षा संयन्त्र उच्च सतर्कतामा प्रवेश गरेको छ । सशस्त्र प्रहरी बल, नेपालले आकस्मिक अवस्थालाई मध्यनजर गर्दै आफ्ना सम्पूर्ण युनिटलाई लक्षित गर्दै अत्यन्त महत्त्वपूर्ण सर्कुलर जारी गरेको छ, जसले सुरक्षा तयारीलाई नयाँ स्तरमा पुर्‍याएको संकेत दिएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र सोभन्दा मुनिका सबै दर्जाका कर्मचारीलाई अनिवार्य रूपमा बर्दीसहित ‘स्ट्यान्डबाइ’ अवस्थामा रहन निर्देशन दिइएको छ । स्वीकृत बिदामा रहेका बाहेक सबै सुरक्षाकर्मीलाई तत्काल तयारी अवस्थामा रहन भनिएको स्रोतले जनाएको छ ।

विशेषगरी काठमाडौँ उपत्यकाभित्र रहेका सशस्त्र प्रहरीका युनिटहरूलाई हल्चोकस्थित एपीएफ रङ्गशालामा उपस्थित हुन निर्देशन दिइएको छ । यसले राजधानी केन्द्रित सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइएको स्पष्ट पार्छ ।

यसअघि नेपाल प्रहरीले पनि जवानदेखि एसएसपीसम्मका सबै कर्मचारीलाई बर्दीसहित तयारी अवस्थामा रहन सर्कुलर जारी गरिसकेको छ, जसले समग्र सुरक्षा संयन्त्र एकीकृत रूपमा परिचालन हुने संकेत गरेको छ ।

यता, नवनियुक्त गृहमन्त्री सुधन गुरुङले शुक्रबार साँझ सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग करिब डेढ घण्टा लामो छलफल गरेका थिए । उक्त बैठकमा समसामयिक सुरक्षा चुनौती, सम्भावित जोखिम र त्यसको सामना गर्न अपनाउनुपर्ने रणनीतिबारे गहन समीक्षा भएको बताइएको छ ।

सरकारले यही दिन जेनजी आन्दोलनको दमनसम्बन्धी घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि सुरक्षा सतर्कता थप कडा बनाइएको हो ।

स्रोतका अनुसार, सम्भावित प्रदर्शन, विरोध र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिलाई नियन्त्रणमा लिन पूर्वतयारी स्वरूप सुरक्षा निकायलाई ‘हाइ अलर्ट’मा राखिएको हो । राजधानीमा कुनै पनि आकस्मिक अवस्था आउन नदिन तथा शान्ति–सुरक्षा कायम राख्न सुरक्षा संयन्त्र पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाइएको छ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
242 Shares