

ओली पक्राउपछि एमालेको आकस्मिक बैठक, आन्दोलन घोषणा हुने संकेत
काठमाडौँ । केपी शर्मा ओली पक्राउ परेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ। पार्टी सचिव महेश बस्नेत का अनुसार आज बिहान ८:३० बजे बस्ने बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ।
ओलीसँगै पूर्व गृहमन्त्री रमेश लेखक को पक्राउपछि देशको राजनीतिक माहोल एकाएक तातेको छ। एमाले नेताहरूले यसलाई “राजनीतिक प्रतिशोध” भन्दै कडा आपत्ति जनाएका छन्।
बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै वर्तमान सरकारप्रति गम्भीर आरोप लगाएका छन्। उनले बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा गृहमन्त्री नियुक्त सुधन गुरुङ लाई “अनुभवहीन, अराजक र विवादित” व्यक्ति भन्दै आलोचना गरे। साथै, पूर्वप्रधानमन्त्री र पूर्व गृहमन्त्रीको गिरफ्तारीले देशलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनी दिएका छन्।
“राजनीतिक बन्दी नहुनु लोकतन्त्रको महत्वपूर्ण सूचक हो, तर पछिल्ला घटनाक्रमले नेपालमा लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्न उठाएको छ,” बस्नेतले उल्लेख गरेका छन्। उनले राज्य संयन्त्रको प्रयोग राजनीतिक पूर्वाग्रहका आधारमा भइरहेको आरोपसमेत लगाएका छन्।
एमालेले आजैदेखि देशव्यापी प्रदर्शन सुरु गर्ने संकेत दिएको छ। “प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतन्त्रको रक्षा गर्न आन्दोलनमा सहभागी हुन आग्रह गर्दछौँ,” बस्नेतले आह्वान गरेका छन्।
बैठकपछि आन्दोलनका कार्यक्रम, रणनीति र आगामी राजनीतिक कदमबारे विस्तृत जानकारी सार्वजनिक गरिने पार्टीले जनाएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



