

ओली पक्राउको विरोधमा एमाले सडकमा, आजैदेखि आन्दोलन घोषणा
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री को पक्राउको विरोधमा देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। पार्टी सचिव ले सामाजिक सञ्जालमार्फत् आजैदेखि प्रदर्शन सुरु हुने जानकारी दिँदै नेता–कार्यकर्तालाई सडकमा उत्रिन आह्वान गरेका छन्।
बस्नेतले “प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न” आन्दोलन अपरिहार्य भएको उल्लेख गर्दै प्रदर्शनमा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्। आन्दोलनका कार्यक्रमहरूबारे विस्तृत विवरण केही समयमै सार्वजनिक गरिने उनले जनाएका छन्।
यसअघि शनिबार बिहान प्रहरीले पूर्वप्रधानमन्त्री ओलीसँगै पूर्व गृहमन्त्री लाई पक्राउ गरेको थियो। ‘जेनजी आन्दोलन’ मा दमन गरेको आरोपमा गरिएको उक्त पक्राउले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।
एमालेले उक्त कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै देशमा द्वन्द्वको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएको छ। बस्नेतले राज्य संयन्त्रको भूमिकामाथि प्रश्न उठाउँदै नेपाल प्रहरीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार सार्वजनिक सम्पत्ति र सुरक्षामा कमजोरी देखिएको अवस्थामा नेताहरूलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन हुनु चिन्ताजनक विषय हो।
ओलीको पक्राउसँगै मुलुकको राजनीतिक वातावरण थप तनावग्रस्त बन्ने संकेत देखिएको छ। एमालेको आन्दोलनले आगामी दिनमा राजनीतिक समीकरण र सडक आन्दोलन दुवैलाई थप तीव्र बनाउने आकलन गरिएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



