काठमाडौंको कहिले रोकिएला पानी ?

काठमाडौं उपत्यकामा बिहीबार दिनभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाका कारण दसैंमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ।

बुधबार रातिदेखि नै काठमाडौं उपत्यकामा लगातार पानी परिरहेको छ। उपत्यकामा गएको २४ घन्टामा २२ दशमलव ४ एमएम पानी परेको छ। मौसमविद् मञ्जु बासीका अनुसार बिहीबार दिनभर पानी पर्नेछ।

काठमाडौं उपत्यकामा आज दिनभर लगातार मध्यम खालको वर्षा हुन्छ,’ उनले भने, ‘३/४ बजेतिर पानी केही कम भए पनि दिनभरी नै पानी पर्नेछ।’

काठमाडौं उपत्यकामा शनिबार बिहानदेखि मात्र वर्षा कम हुँदै जानेछ।

Facebook Comments Box
TOP
Shares