

“ओली पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पतालमा राखिए”
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएका ओलीको स्वास्थ्य अवस्थाको विशेषज्ञ चिकित्सक टोलीले नजिकबाट निगरानी गरिरहेको छ ।
अस्पतालको ‘रेड एरिया’मा सामान्यतया जटिल र संवेदनशील अवस्थाका बिरामीलाई राखिने गरिन्छ । मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी रहेका कारण ओलीको स्वास्थ्य परीक्षणमा मिर्गौला रोग विशेषज्ञ (नेफ्रोलोजिस्ट) संलग्न हुने तयारी गरिएको अस्पताल स्रोतले जनाएको छ । प्रारम्भिक परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप उपचार प्रक्रिया अघि बढाइनेछ ।
यसैबीच, ‘जेनजी आन्दोलन’ दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरी टोलीले शनिबार बिहान भक्तपुरबाट उनलाई पक्राउ गरेको थियो । पक्राउपछि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएका ओलीलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको हो ।
ओलीको पक्राउ र स्वास्थ्य अवस्थालाई लिएर देशको राजनीतिक वृत्तमा व्यापक चासो र प्रतिक्रिया देखिएको छ । उनका समर्थकहरूले पक्राउको विरोध जनाउँदै विभिन्न कार्यक्रम घोषणा गरेका छन् भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
सरकार र सम्बन्धित निकायले कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइरहेको जनाइएको छ । ओलीको स्वास्थ्य अवस्था र आगामी कानुनी प्रक्रियाबारे थप विवरण आउन बाँकी छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



