सुरक्षा ‘थ्रेट’मा आयोग प्रमुख कार्की, सेनाको ब्यारेकमा सार्ने तयारी

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोगका प्रमुख गौरीबहादुर कार्कीमाथि सुरक्षा ‘थ्रेट’ देखिएको भन्दै सरकार उनको सुरक्षामा उच्च सतर्कता अपनाउने तयारीमा जुटेको छ। स्रोतका अनुसार कार्कीलाई सुरक्षित राख्न नेपाली सेनाको ब्यारेकमा सार्ने तयारी गरिएको छ।

हाल भक्तपुरको गुण्डुस्थित कार्की निवास आसपास कडा सुरक्षा व्यवस्था गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने आवतजावतमा समेत निगरानी बढाइएको छ।

कार्कीको व्यक्तिगत सुरक्षालाई प्राथमिकतामा राख्दै उनलाई सुरक्षित स्थानमा राख्ने विषयमा सुरक्षा निकायहरूबीच समन्वय भइरहेको जनाइएको छ। यसअघि गृहमन्त्री सुधन गुरुङले सिंहदरबारमा सुरक्षा निकायका प्रमुखहरूसँग बैठक गरी पछिल्लो घटनाक्रमबारे छलफल गरेका थिए।

कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि राजनीतिक माहोल थप तातेको छ। उक्त कदमप्रति का नेता तथा कार्यकर्ताहरू आक्रोशित बनेका छन्।

अध्यक्ष ओलीको पक्राउको विरोधमा एमालेले देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ। पछिल्लो घटनाक्रमले राजनीतिक तनावसँगै सुरक्षा चुनौती समेत बढाएको विश्लेषण गरिएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
361 Shares