कानूनी प्रक्रिया र निष्पक्षता नउलङ्घन गर्न नेकपाको सरकारलाई चेतावनी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रियालाई लिएर सरकारको ध्यानाकर्षण गराउँदै कानूनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लङ्घन नगर्न चेतावनी दिएको छ।

नेकपाका केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुनले जारी गरेको विज्ञप्तिमा सरकारले कुनै पनि निर्णय लिँदा विधिको शासनको मर्म विपरीत नजाने र राजनीतिक पूर्वाग्रहबाट प्रेरित नहुने स्पष्ट आग्रह गरिएको छ। पार्टीले यस्तो कदमले अनावश्यक द्वन्द्व सिर्जना गर्न सक्ने भन्दै संयमता अपनाउन सरकारलाई सचेत गराएको छ।

विज्ञप्तिमा भनिएको छ, “सरकारले चाल्ने हरेक कदम विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यताअनुसार हुनुपर्छ। कुनै पनि प्रकारको पूर्वाग्रह राखी द्वन्द्व निम्त्याउने कार्य नगर्न हाम्रो आग्रह छ।”

सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाट गत भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरिएको छ।

यसैबीच, नेकपाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेकोमा बधाई तथा शुभकामना व्यक्त गरेको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
154 Shares