सदन नबोलाए ‘कोठे बैठक’ बहिष्कार गर्छु : हर्क साम्पाङ

समाचार:
काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद ले प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ले सोमबार सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफलका लागि बोलाएको बैठकमा सहभागी नहुने साम्पाङले स्पष्ट पारेका हुन् ।

प्रतिनिधिसभाको बैठक नियमित रूपमा नबोलाई अनौपचारिक ‘कोठे बैठक’ मार्फत छलफल गर्न खोजिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । “प्रतिनिधिसभाको बैठक बाहेक कुनै पनि कोठाभित्र हुने अनौपचारिक बैठकमा हामी सहभागी हुँदैनौँ,” साम्पाङले भने ।

प्रधानमन्त्रीको सचिवालयले श्रम, संस्कृति पार्टीका सांसदहरूलाई समेत छलफलका लागि आमन्त्रण गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

साम्पाङले सरकारलाई तत्काल सदन सञ्चालनमा ल्याउन आग्रह गर्दै हप्तामा कम्तीमा एकपटक बैठक बस्नुपर्ने धारणा राखे । “प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण थाहा भएन । हामी कोठे बैठकमा आउँदैनौँ, सदनको बैठक बोलाउनु पर्छ,” उनले भने, “जनताको प्रश्नबाट भाग्न पाइँदैन, सरकारले सबै प्रश्नको उत्तर दिनै पर्छ ।”

उनले आफ्नो धारणा अन्त्य गर्दै “जय लोकतन्त्र” लेख्दै सरकारप्रति दबाब सिर्जना गर्ने संकेत दिएका छन् ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
354 Shares