१०० दिनमै बचत फिर्ताको प्रक्रिया सुरु हुने संकेत: सरकारको ठोस पहल

काठमाडौँ । सहकारी क्षेत्रमा लामो समयदेखि अन्योलमा रहेका साना बचतकर्ताहरूका लागि राहतको संकेत देखिएको छ। सरकारले उनीहरूको बचत फिर्ता गर्ने प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने लक्ष्यसहित कार्यविधि निर्माणको काम अघि बढाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस महत्वपूर्ण पहललाई प्रभावकारी बनाउन आज सरोकारवाला पक्षहरूसँग विस्तृत छलफल गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी कार्यसूची’ कार्यान्वयनकै रूपमा यो कदम चालिएको हो, जसमा साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया शीघ्र सुरु गर्ने स्पष्ट उल्लेख गरिएको छ।

उक्त लक्ष्यलाई व्यवहारमा उतार्न मन्त्रालयले ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’लाई औपचारिक पत्र पठाउँदै छलफलमा सहभागी हुन आग्रह गरेको छ। शाखा अधिकृत दुर्गा पौडेलद्वारा हस्ताक्षरित पत्रमा ठोस र लिखित सुझावसहित बढीमा पाँच जना प्रतिनिधि उपस्थित गराउन भनिएको छ।

मन्त्रालयका अनुसार आज बिहान ११ बजे मन्त्रालयकै सभाहलमा हुने छलफलले कार्यविधि निर्माणको खाका तय गर्नेछ। यस पहललाई सहकारी पीडितका लागि आशाको नयाँ किरणका रूपमा हेरिएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
323 Shares