

सूर्य थापाको कडा चेतावनी: “कठपुतली सरकारका बचकना काम र फासिस्ट हर्कत नजिकबाट नियालिरहेका छौं”
काठमाडौं — नेकपा एमालेका नेता सूर्य थापाले वर्तमान सरकारप्रति कडा आक्रोश व्यक्त गर्दै चेतावनी दिएका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारका गतिविधिलाई “कठपुतली सरकारका बचकना काम र फासिस्ट हर्कत” भनेका छन्।
सूर्य थापाले थपे, “सरकारका हरेक कदमलाई हामी नजिकबाट नियालिरहेका छौं। डोको सुरक्षित राख्नुहोला महाशय, जसमा यी सबै ढाडेलाई भिरबाट फालिने छ।”
यसअघि, गौरीबहादुर कार्की नेतृत्वको जेनजी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेपछि शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए।
सूर्य थापाको यो अभिव्यक्तिले राजनीतिक माहोल अझै तनावपूर्ण बनेको छ, र वर्तमान सरकारको कदमप्रति विपक्षी दलको कडा प्रतिक्रिया स्पष्ट भएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



