रवि लामिछाने–प्रभु साह भेट : सहकार्य र विकास एजेन्डामा केन्द्रित छलफल

काठमाडौँ । रवि लामिछाने र प्रभु साह बीच मंगलबार महत्वपूर्ण भेटवार्ता भएको छ।

बुढानीलकण्ठस्थित लामिछानेको निवासमा भएको उक्त भेटमा देशको वर्तमान राजनीतिक अवस्था, विकास निर्माणका प्राथमिकता तथा समसामयिक राष्ट्रिय मुद्दाहरूमा गहन छलफल भएको जनाइएको छ।

भेटवार्तामा पछिल्लो जनादेशलाई आधार मानेर देशको समग्र विकासका लागि सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत सकारात्मक संवाद भएको स्रोतले जनाएको छ।

यस्तै, आजै महन्थ ठाकुर ले पनि लामिछानेसँग छुट्टै भेटवार्ता गरेका छन्। समसामयिक राजनीतिक भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ, जसले आगामी दिनमा सम्भावित राजनीतिक सहकार्यको संकेत गरेको विश्लेषण गरिएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
214 Shares