

संविधान संशोधन बहसमा विवाद: बालेनका सल्लाहकार असिम साहमाथि ‘योग्यता र प्रक्रिया’ प्रश्न
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने जिम्मा आफ्ना राजनीतिक सल्लाहकार असिम साहलाई दिएपछि राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ । संवेदनशील विषयमा गरिएको यो निर्णयप्रति राजनीतिक दल, नागरिक समाज र कानुन व्यवसायीहरूले ‘योग्यता’ र ‘प्रक्रिया’ दुवैमा गम्भीर प्रश्न उठाएका छन् ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले साहको संयोजकत्वमा बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको हो । तर, साहको संवैधानिक वा कानुनी पृष्ठभूमि स्पष्ट नदेखिएको भन्दै आलोचना बढेको छ । उनी यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद रहिसकेका छन् भने चलचित्र निर्देशनमा पनि संलग्न रहेका व्यक्ति हुन् ।
साहको विगतका सार्वजनिक धारणा पनि पुनः चर्चामा आएका छन् । करिब छ वर्षअघि सामाजिक सञ्जालमा उनले पूर्व राजालाई ‘सुध्रिने मौका दिनुपर्ने’ आशयको स्टाटस लेखेका थिए— “राजा आउ देश बचाऊ” भन्ने अभिव्यक्तिले अहिलेको जिम्मेवारीसँग उनको वैचारिक धरातलमाथि थप प्रश्न खडा गरेको छ ।
प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेकै दिनको पहिलो मन्त्रिपरिषद् बैठकबाट साहलाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । छोटो समयमै संविधान संशोधनजस्तो संवेदनशील विषयमा जिम्मेवारी दिइनु आफैंमा विवादको केन्द्र बनेको छ ।
यस निर्णयप्रति रास्वपाभित्रै असन्तुष्टि देखिएको छ । पार्टीका एक नेताका अनुसार यस्ता गम्भीर विषयमा निर्णय गर्दा कम्तीमा पार्टी नेतृत्वसँग परामर्श हुनुपर्नेमा त्यसो नभएको गुनासो गरिएको छ । “निर्णय भइसकेपछि मात्रै जानकारी पायौं,” ती नेताले भने, “यो प्रक्रियागत रूपमा पनि उपयुक्त देखिँदैन ।”
संविधान संशोधनजस्तो जटिल र दीर्घकालीन प्रभाव पार्ने विषयमा सरकारको यो कदमले आगामी दिनमा थप राजनीतिक तरंग ल्याउने संकेत देखिएको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



