खुल्यो काठमाडौं उपत्यकाको आकाश

देशका अधिकांश स्थानमा वर्षा हुँदा दसैँकाे बेला जनजीवन प्रभावित भयो । सुदूर पश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरूमा अहिले पनि वर्षा जारी छ । तर काठमाडौं उपत्यकामा भने आज बिहानैदेखि मौसममा सुधार आएको छ ।     बिहानैदेखि उपत्यकाको आकाश खुलेर घाम लागिरहेको छ । मौसममा सुधार आएसँगै दसैँको अवसरमा टीकाटालोका लागि आफन्तकोमा जानेहरुले राहतको महसुस गरेका छन् । काठमाडौं उपत्यकामा आकाश खुलेपनि सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै  र लुम्बिनी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Facebook Comments Box
TOP
Shares