ओली हिरासतमा: एमालेको कार्यवाहक अध्यक्ष बने ‘बादल’

काठमाडौं । नेकपा एमालेमा नेतृत्वको अस्थायी जिम्मेवारी हेरफेर गरिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली हिरासतमा रहेका बेला उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।

एमालेका केन्द्रीय सदस्य तथा सांसद ऐन महरका अनुसार बुधबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको संयुक्त बैठकमा अध्यक्ष ओलीले थापालाई उक्त जिम्मेवारी तोकेको जानकारी गराइएको थियो। ओली हिरासतबाट मुक्त नभएसम्मका लागि थापाले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्ने निर्णय बैठकमा प्रस्तुत गरिएको थियो।

अध्यक्ष ओलीलाई ‘जेनजी आन्दोलन’ सम्बन्धी छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयनका क्रममा गत शनिबार पक्राउ गरिएको हो। सोही कारण पार्टीको नियमित नेतृत्व सञ्चालनमा अस्थायी व्यवस्था गरिएको एमालेले जनाएको छ।

यस निर्णयसँगै पार्टीको दैनिक कामकाज, संगठन सञ्चालन र राजनीतिक गतिविधि अब थापाको नेतृत्वमा अघि बढ्नेछ। एमालेभित्रको वर्तमान परिस्थितिले राष्ट्रिय राजनीतिमा समेत नयाँ बहस र चासो सिर्जना गरेको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
249 Shares