बादलको अभिव्यक्तिले एमालेभित्र तरंग, को असन्तुष्टि—‘सचिवालयमा गम्भीर छलफल हुन्छ’

काठमाडौं :
भित्र आन्तरिक मतभेद सतहमा देखिएको छ। प्रतिनिधिसभा बैठकमा पार्टीका नेता (बादल) ले व्यक्त गरेको धारणा विवादमा परेपछि एमालेभित्र नयाँ तरंग पैदा भएको हो।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा दलको नेताको हैसियतमा सम्बोधन गर्दै थापाले प्रस्तुत गरेको विचार पार्टीको स्थापित नीति र मान्यताविपरीत भएको भन्दै उपाध्यक्ष ले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त अभिव्यक्ति पार्टीको आधिकारिक लाइनसँग मेल नखाने बताएका हुन्।

पौडेलले लेखेका छन्, “आजको प्रतिनिधिसभा बैठकमा दल नेताको हैसियतले व्यक्त विचार पार्टीका नीति र मान्यताविपरीत छन्।” उनले यस विषयलाई गम्भीर रूपमा लिँदै आगामी केन्द्रीय सचिवालय बैठकमा विस्तृत छलफल हुने अपेक्षा व्यक्त गरेका छन्।

उनले भनेका छन्, “केन्द्रीय सचिवालय बैठकमा यस विषयमा गम्भीर छलफल भई उचित निर्णय हुनेछ भन्ने अपेक्षा गरेको छु।”

पार्टीभित्र उच्च तहका नेताहरूबीच देखिएको यो असन्तुष्टिले एमालेको आन्तरिक एकतामाथि प्रश्न उठाएको छ भने आगामी बैठकले यस विषयलाई कसरी टुंग्याउँछ भन्नेमा राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
233 Shares