सभामुख चयन प्रक्रिया सुरु: आज उम्मेदवारी दर्ता, आइतबार निर्वाचन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख चयनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरु हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गर्न सक्नेछन्। उम्मेदवारी दर्ता सम्पन्न भएपछि दिउँसो २ः३० बजे उम्मेदवारहरूको नामावली सार्वजनिक गरिने कार्यक्रम रहेको छ।

निर्वाचन भने आइतबारका लागि तय गरिएको छ, जसले प्रतिनिधिसभाले नयाँ सभामुख पाउने बाटो खोल्नेछ।

यसबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद अर्याललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। अन्य दलहरूले भने आफ्नो उम्मेदवारबारे औपचारिक घोषणा गर्न बाँकी रहेको छ।

सभामुख चयन प्रक्रिया सुरु भएसँगै संसद् राजनीतिक रूपमा थप सक्रिय हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
439 Shares