एमालेमा बादलको अभिव्यक्तिप्रति विरोध, सुरेन्द्र पाण्डेदेखि विष्णु पौडेलसम्म असन्तुष्टि

काठमाडौं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले संसदमा व्यक्त गरेको अभिव्यक्तिप्रति कडा आलोचना गरेका छन्।

पाण्डेले सामाजिक सञ्जाल फेसबुक मार्फत बादलको अभिव्यक्तिलाई ‘षड्यन्त्रका कथाहरू’ भनेका छन् र यसलाई आफ्नै कमजोरी लुकाउने असफल प्रयास मात्र ठहराएका छन्। उनले देशको अवस्था बिग्रँदा सेना, कर्मचारी वा प्रविधिलाई दोष दिने प्रवृत्तिलाई ‘हास्यास्पद’ भने।

पाण्डेले लेखेका छन्, “हिजो संसदमा षड्यन्त्रका लामा कथाहरू सुनियो, सबै दोष अरूलाई थोपरियो। हामी पनि दोषी छौँ—यो अवस्था सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र?”

उनले वर्तमान समस्याको जड आफ्नै शासन शैली र कार्यक्षमतामा रहेको स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्। पाण्डेले ‘घेराबन्दीमा पारियो’ भन्ने पुरानो राष्ट्रवादी भाष्य अब अप्रासंगिक भइसकेको भन्दै, वास्तविक राष्ट्रवाद अब आर्थिक सुधारमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

यस विषयमा उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराईले पनि बादलको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सो अभिव्यक्तिप्रति छलफल गर्न आज एमालेको सचिवालय बैठक बस्ने तालिका रहेको छ।

 

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
155 Shares