

दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिन राष्ट्रिय सभाका सांसदहरूको माग, महँगी नियन्त्रणमा सरकारलाई दबाब
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सरकारद्वारा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयप्रति कडा आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले सरकारको यो कदमले मुलुकमा बेथिति निम्त्याउने चेतावनी दिए।
उनले सरकारी कर्मचारीलाई हप्तामा तीन दिनसम्म निष्क्रिय बनाउने नीति उचित नभएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए। पश्चिम एसियामा भइरहेको युद्धलाई बहाना बनाएर शिक्षण संस्था र सरकारी कार्यालय बन्द गर्नु न्यायोचित नभएको उनको तर्क थियो। विशेषगरी विद्यार्थीहरूको पठनपाठनमा गम्भीर असर पर्ने भन्दै उनले सरकारलाई सचेत गराए।
नेपाल जस्तो पहाडी र आर्थिक रूपमा कमजोर मुलुकमा धेरै विद्यार्थी पैदल हिँडेर विद्यालय जाने अवस्थालाई दृष्टिगत गर्दा सार्वजनिक यातायात सञ्चालन हुने तर विद्यालय बन्द गर्ने निर्णय विरोधाभासपूर्ण रहेको उनको भनाइ थियो। कर्मचारी र विद्यार्थीलाई लामो समय निष्क्रिय बनाउँदा शैक्षिक तथा प्रशासनिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै उनले उक्त निर्णय तत्काल खारेज गर्न जोडदार माग गरे।
यसैबीच, सांसद सावित्री मल्लले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराइन्। अन्तर्राष्ट्रिय बजारको बहाना देखाउँदै गरिएको मूल्यवृद्धिका कारण यातायात तथा ढुवानी खर्च बढेको र त्यसको प्रत्यक्ष असर दैनिक उपभोग्य वस्तुमा परेको उनले बताइन्।
बजारमा बढ्दो महँगी र उपभोग्य वस्तुको अभावले सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै उनले मूल्यवृद्धि तत्काल समायोजन गर्न सरकारसँग माग गरिन्। साथै कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्दै नागरिकलाई राहत दिन ठोस कदम चाल्न सरकारलाई आग्रह गरिन्।
अन्तर्राष्ट्रिय परिस्थिति देखाएर जिम्मेवारीबाट पन्छिनुभन्दा आन्तरिक व्यवस्थापन सुदृढ गरी नागरिकलाई महँगीको मारबाट जोगाउनु सरकारको प्रमुख दायित्व भएको उनको जोड थियो।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



