

महानगर–साझा सहकार्यमा विद्युतीय बस सञ्चालन, महिला र विद्यार्थीलाई विशेष राहत
काठमाडौंमा रात्रिबस सेवा सुरु हुँदै, अब ८ बजेपछि पनि सहज यात्रा
काठमाडौं । काठमाडौं महानगर पालिकाले राजधानीवासीको लामो समयदेखिको समस्यालाई सम्बोधन गर्दै रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्ने भएको छ। उपत्यकामा बेलुका ८ बजेपछि सार्वजनिक सवारीसाधन अभावका कारण सर्वसाधारणले भोग्दै आएको सास्ती अब केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।
हालसम्म साँझ पर्नासाथ अधिकांश रुटका सवारी बन्द हुँदा कामकाज, अस्पताल, किनमेल वा अन्य आवश्यकताका लागि बाहिरिएका नागरिकहरूलाई घर फर्किन कठिनाइ हुँदै आएको थियो। बाध्य भएर महँगो ट्याक्सी वा राइडर सेवा प्रयोग गर्नुपर्ने अवस्था थियो भने कतिपय सर्वसाधारण पैदल नै हिँड्न बाध्य थिए।
अब भने १ वैशाखदेखि सुरु हुने विद्युतीय रात्रिबस सेवाले यस्तो समस्यामा राहत दिनेछ। महानगरले सँगको सहकार्यमा राति ८ बजेदेखि ११ बजेसम्म बस सञ्चालन गर्ने तयारी गरेको हो।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार सुरुवातमा दुई मुख्य रुटमा चारवटा बस सञ्चालन गरिनेछ। यात्रुको मागअनुसार सेवा विस्तार गरिने योजना छ। “सार्वजनिक यातायातको अभावले विशेषगरी महिला, किशोरी र विद्यार्थीले बढी समस्या भोगिरहेका छन्,” उनले भनिन्, “यो सेवा उनीहरूलाई सुरक्षित र सुलभ यात्रा सुनिश्चित गर्न ल्याइएको हो।”
रात्रिबस सेवा अन्तर्गत तोकिएका बसस्टपहरूमा प्रत्येक २० मिनेटमा बस उपलब्ध हुनेछ। रातिको समयमा यात्रु कम हुने भएकाले बस लामो समय रोकिने छैन, तर यात्रुले संकेत गरेपछि भने रोकिने व्यवस्था गरिएको छ।
यात्रुको सुरक्षालाई ध्यानमा राख्दै बसहरूमा सिसिटिभी क्यामरा जडान गरिनेछ भने महानगर नगर प्रहरीको निगरानी पनि रहनेछ। महानगरका अनुसार विगतमा जस्तो सेवा बीचमै बन्द नहुने प्रतिबद्धतासमेत गरिएको छ।
यो पहलले राजधानीमा सुरक्षित, सुलभ र व्यवस्थित रात्रिकालीन आवागमनको नयाँ सुरुआत गर्ने विश्वास गरिएको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१४ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



