

काठमाडौं उपत्यकामा स्पा र मसाजको नाममा खुलेयाम यौन धन्दा : कलिला किशोरी प्रयोग
काठमाडौं । विगतमा जनरक्षा मिडियाका प्रतिनिधिहरुको लामो अनुसन्धान पछि स्पा र मसाजको नाममा च्याउसरी खुलेका यौन अखडाको विषयमा समाचार प्रकाशित गर्दा नियमन निकायको असान्दर्भिक कडा निगरानीका साथै अखडा सञ्चालकले ज्यान मार्ने सम्मको धम्की दिएका हाम्रा प्रतिनिधिहरुको मानस पटलमा छछल्कीरहेको तितो यथार्थ कायमै छ ।स्पा र मसाजको नाममा खुलेयाम यौनजन्य गतिविधि गर्दै आएको विषयमा वकालतका साथै समाज र राज्यलाई खबरदारी गर्ने क्रममा काठमाडौंको बौद्ध ,बाहुनधारामा सञ्चालित भिआईपी स्पाका संञ्चालक बताउने मनिस अवालेको कालाकर्तुतबारे छरपस्ट पार्ने क्रममा स्वयं नियमन निकायसम्मले गरेका केही व्यवहारहरु जनरक्षा मिडियाका प्रतिनिधिहरुको मानसपटलमा खेलिरहनु स्वभाविकै हो ।सचेत नागरिकको हैसियतले उपत्यकाको विभिन्न ठाउँमा स्पा र मसाजको नाममा कलिला किशोरीहरु प्रयोग गरि राजनिती , शक्ति र सत्ताको आडमा समाजमा भैरहेको अवाञ्छित गतिविधि टुलुटुलु हेरेर बस्नु त्यति सैह हैन ,हुँदैन र क्षमायोग्य हुने छैन पनि ! यसैगरी जनरक्षाले विगतमा स्पा र मसाजको नाममा खुलेयाम गरेका यौनजन्य गतिविधिका विषयमा प्रकाशित समाचारको पुस्ट्याँई केही महिना अगाडि काठमाडौँ महानगरपालिका–९ स्थित शम्भुमार्गमा सञ्चालित नुवाकोट स्पा एन्ड ट्रेनिङ सेन्टर र रातोपुलस्थित नुवाकोट स्पा एन्ड ब्युटी पार्लरको आवरणमा पौडेलले ‘यौनधन्दा’ चलाएको विषयले नै काफि छ । मसाज र स्पा सेन्टरको नाममा दिनहुँ जस्ताे काठमाडाैं उपत्यकाका विभिन्न ठाउँमा यौनधन्दा संञ्चालन हुँदै आएका छन्। मसाज र स्पामा हुने अश्लील क्रियाकलाप रोक्न प्रहरीले बेलाबेलामा छापा नमार्ने पनि होइन तर पनि यो धन्दा रोकिएको छैन। यस्तो छ हाम्रो रिपोर्टिङ : हाम्राे विगतको एक महिना लामो रिपोर्टिङबाट खुल्यो–मसाज र स्पामा तेलमालिस त बहाना मात्र पाे रहेछ,मसाजकर्ताको ध्येय अर्कैतिर हुन्छ। त्यो हो, ‘ह्याप्पी इन्डिङ’ अर्थात् मसाज र स्पा सेन्टरमा हुने स्खलन।
ग्राहकलाइ जतिसुकै अनुशासनमा राख्न खोजे पनि ग्राहकको मागका कारण मसाज र स्पामा हिजोआज ‘ह्याप्पी इन्डिङ’को चलन बढ्दो छ। हामीले उपत्यकाका विभिन्न मसाज सेन्टर र स्पा चहारेर तयार पारेको एक महिना लामाे रिपोर्टिङमा जे देखेका छाैं त्याे आज हामी लख्न बाध्य भएका छाै।
मसाज केन्द्र प्रवेश गर्दा थकित मुद्रामा छिरेको एउटा पुरुष फर्कंदा ‘फ्रेस’ मात्र भइरहेको हुँदैन,उसको मुहारमा बेग्लै चमक पनि छाइरहेको देख्न सकिन्छ।काठमाडाैमा रहेका मसाज सेन्टर र स्पामा दिनहुँ देखिने दृश्य हो यो ।
यो तेल मालिसमा के त्यस्तो जादु हुन्छ र यसले दिनहुँ ग्राहक लोभ्याइरहेको हुन्छ ?के कारणले ग्राहकको अनुहार दिप्त हुन्छ? भन्ने मान्छेमा विभिन्न किसिमका जिज्ञासा आउने नै भयाे।
हाम्राे एक महिना लामो रिपोर्टिङमा मसाज र स्पाको आवरणमा त्यहाँ अश्लील क्रियाकलाप भएकाे स्पष्ट थाहा भएकाे छ। तेल मालिस त बहाना मात्रै रहेछ। त्यहाँ पाइने ‘अरुखाले’ सेवाले मात्र ग्राहक पल्काइरहेको छ।
के हो त्यस्तो सेवा भन्ने सबैमा उत्सुक्ता भइनैराख्ने भयाे,त्याे ह्याप्पी इन्डिङ त हो नि,छानीछानी मसाज सेन्टर र स्पा धाउने एक जना ग्राहकले भने,अहिले स्ट्यान्डर्ड भनिएका स्पामा पनि अश्लील क्रियाकलाप हुने गरेकाे ती ग्राहकले हामीलाइ हाँस्दै बताएका थिए ।
उनले भने माथिदेखि तलसम्म पुरै मसाज गर्ने गरेका छन्। लास्टमा हस्तमैथुन गरेर ग्राहकलाई ह्याप्पी बनाइदिन्छन्। त्यसकै मज्जा लिन यहाँ मान्छेहरुको भिड लाग्ने गरेकाे उनले भने। कहिलेकाही त रमाइलाे पनि गर्नुपर्छ नि हाेइन र ? हामीले तपाँई महिनामा कति पटक आउनु हुन्छ भने प्रश्नमा उनले भने हप्तामा एकपटक अनिवार्य आउँछु मिलेसम्म दुईपटकसम्म आउने गरेकाे छु।
के हो त ह्याप्पी इन्डिङ ?
पछिल्लो समय मसाज र स्पा धाउने ग्राहकमाझ चल्तीको गोप्य भाषा हो– ह्याप्पी इन्डिङ। कसैले छापा मार्ला भन्ने डर पनि भएन मज्जा पनि हुने भयो।
काठमाडाैंकाे जाेरपार्टीस्थित ग्रिनसाइन स्पामा भेटिएका युवाले भने,त्यसैले कहिलेकाहीँ साथीभाइ मिलेर ‘ह्याप्पी इन्डिङ’ गर्न यतातिर आइन्छ कहिले काँही त रमालाे पनि गर्नु पर्याे नि हाेइन र।
त्यस्तै अर्को साकुरा हेल्थ स्पामा जादा पनि एक जना नियमित ग्राहकले भने म पनि मसाज गर्न धेरै पटक आइसके अहिले त मलाइ हप्तामा एकपटक अनिवार्य आउनै पर्ने जस्ताे बानी बसिसकेकाे छ। उनले थपे जिन्दगी भनेकाे रमाइलाे गर्दै बिताउने हाे किन एक बारकाे जुनीमा रमाइलाे नगर्ने त्यसैले अहिले नियमित आउने गरेकाे छु।
मसाज र स्पा सेन्टरतिर पछिल्लो समय पुरुषको गोप्य अंगमा पनि मसाज गरिदिने प्रचलन बढेको छ। यो त मसाजको पार्ट नै भइसक्यो,उनले भने १२ सय रुपैयाँमा मसाज पनि हुन्छ ह्याप्पी इन्डिङ पनि हुन्छ त्यस्ताे भएपछि किन नआउने त ?
स्पा र मसाजको नाममा जे देखियो
लोकेशन : जाेरपाटी- हामी एक नियमित ग्राहकको सहयोगमा उनीसँगै हेभन हेल्थ स्पा’ भित्र पुगियो। प्रवेश गर्न नपाउँदै चार–पाँच जना युवतीको समूहले सामूहिक रुपमा स्वागत गरिहाले ! नमस्ते सर नमस्ते भन्दै के सेवा लिनु हुन्छ भनेर अफर सुरू गरि सकेका थिए।
‘पानी पिउने हो सर ? स्वागतको सिलसिला थप अघि बढ्यो। पानी पिइसकेपछि सदाझैँ ती ग्राहकले एक घण्टा मसाज गर्ने निर्णय गरे। युवतीसहित भित्र पर्दाले छोपिएको कोठामा पुगे। बाहिर अन्य युवतीहरु विभिन्न कुरा गरिरहेका थिए।
करिब एक घण्टाको मसाजपछि आएका ग्राहक मुस्कुराउँदै बाहिरिए। फेरि युवतीहरुले पानी अफर गरे। उनले पिए। कस्तो भयो त मसाज? ‘बबाल नि ? ह्याप्पी इन्डिङ नहुने कुरै थिएन।
मन्द मुस्कानसहित उनी बोले। त्यहाँ उनले एक घण्टाको बडी मसाजको १२ सय रुपैयाँ तिरेछन् जसभित्र ‘ह्याप्पी इन्डिङ’ पनि पर्यो।भित्र थप एक सय रुपैयाँ टिप्स पनि दिए,उनले सुनाए।
हामीले सुने भन्दा धेरै नै फरक अनुभव
हामीले एक महिनाभित्र ठमेल, दरबारमार्ग, लाजिम्पाट,चाबहिल,चुचेपाटी,बाैद्ध,जाेरपाटीलगायत विभिन्न स्थानमा खोलिएका मसाज र स्पा सेन्टरमा पुग्दा थाहा भयो– नेपालीहरुमा ‘ह्याप्पी इन्डिङ’ गर्न मसाज धाउने ट्रेन्ड बढेकाे रहेछ। मसाज सेन्टरको आवरणमा यौन व्यवसाय चलाइरहेको खबर पहिले–पहिले पनि धेरै आएका थिए तर अहिले हामीले प्रत्यक्ष निहाल्ने र समाचार लेख्ने अवसर पायाै।
प्रहरीलाई पनि मसाज सेन्टरमा हुने अनैतिक क्रियाकलापबारे राम्रोसँग जानकारी छ। महानगरिय प्रहरी वृत्त वाैद्धका तत्कालीन डिएसपी हरिबहादुर बस्नेतलाइ जाेरपाटी क्षेत्रमा अनैतिक क्रियाकलाप गरेर मसाज र स्पा सेन्टर संञ्चालन गरिएका छन् भन्दा उनले मेराे दायरा नपर्ने भन्दै काठमाडौं जिल्ला प्रहरी परिसरकाे प्रवक्ताले सबै जानकारी दिने भन्दै उनले अनविज्ञता जनाए पछि हाम्रा प्रतिनिधिले काठमाडौं जिल्ला प्रहरी परिसरका तत्कालीन प्रमुख एसएसपी दानबहादुर कार्की समक्ष स्पा र मसाजको नाममा भैरहेको गतिविधि बारे जानकारी गरायौं फलत : एसएसपी कार्कीले तत्काल काठमाडौंको बौद्धमा सञ्चालित हेभन मेक स्पा र बौद्धको बाहुनधारामा सञ्चालित भिआईपी स्पाबाट रङ्गेहात सञ्चालक सहित केही व्यक्तिलाई नियन्त्रणमा लिई ११ दिन हिरासतमा राखेको अभिलेख प्रहरी बृत बौद्धमा सुरक्षित होला ।
हाम्रो रिपोर्टिङका क्रममा महानगरीय प्रहरी वृत्त वाैद्धकाे एरिया भित्रै पर्ने जाेरपाटी क्षेत्रमा शान्तिसुरक्षाकाे जिम्मा लिएका तत्कालीन डिएसपी बस्नेतले अनविज्ञता जनाउनु र आफु पन्छिन खाेज्नुले उनकाे मिलेमाेताेमा मसाज र स्पा सेन्टरहरूमा अवैध धन्दाहरू संचालन भइरहेकाे स्पष्ट बुझ्न सकिन्थ्यो ।
यसरी खुलम्खुल्ला स्पा र मसाजको नाममा सञ्चालकले बालबालिका प्रयोग गरि यौनजन्य गतिविधिमा लगाउनु र प्रहरी स्वयं मौन बस्नुले सो क्षेत्रको प्रहरीले महिनावारी उठाउने ,हप्तावारी उठाउने गरेका कारण प्रहरी पन्छिन खाेजेका थिए भने हाल प्रहरी बृत बौद्धका डिएसपीलाई यस्ता गतिविधि नियन्त्रणको चुनौती थपिएको छ ।
सिधा ‘सेक्स डिल’
ब्यानरमा प्रस्ट लेखिएको हुन्छ– मसाज सेन्टर अथवा स्पा, हामी जाेरपाटीका केही मसाज वा स्पा सेन्टरमा पुग्दा भित्र सिधै ‘सेक्स डिल’ हुने गरेको पाइएको छ।
काउन्टरमा रहेकी महिलाले भनिन्न एकछिन पछि आउनुन ल हामीले कतिखेर आउने के–के छ त सर्भिस? भन्ने प्रश्नमा उनले सिधा जवाफ दिइन्,सबथोक हुन्छ,बस्ने हो भने थप हजार रुपैयाँ बढी दिनुपर्छ।हामी त्यसाे भए एकछिन पछि आउने सर्तमा बाहिर निस्कियाै।
त्यसपछि हामी अर्काे स्पामा गयाैं त्यहाँ चार युवतीहरु देखिन्थे। त्यहाँ रहेकी एक युवतीले मसाज गरेको मूल्य सोध्दा सुरुमा १५ सय भनिन्। पछि १२ सय रुपैयाँमा तयार भइन्।
मसाजमात्रै त के गर्नु र? घुमाउरो प्रश्नमा ती युवतीले सिधा जवाफ दिइन्,थप मज्जा लिनलाई पैसा थप्नुपर्यो नि? त्यत्तिकै कहाँ रमाइलो हुन्छ? अन्त्यमा ती युवती १५ सय रुपैयाँमा मसाज र रमाइलो दुवै गर्न तयार भइन्। त्यसपछि हामी एकछिन पछि आउने सर्तमा बिदा भयौंँ।
त्यसपछि हामी अर्काे स्पामा गयाै के छ सेवाहरू भनेर प्रश्न गर्दा त्यहाँ पनि १५ सयमा एक घण्टा र ८ सयमा आधा घण्टा मसाज हुने बताइन्। अरु के–के सर्भिस छ त? भन्ने प्रश्नमा ती महिलाको जवाफ कूटनीतिक थियो,मसाजको पैसा तिरेर भित्र जानुस्। अरु सर्भिसको कुरा भित्रै गर्नुस् न ? मन मिल्ने कुरा न हो।उनको जवाफको आशय बुझ्न गाह्रो थिएन।त्यसपछि हामी एकछिनमा आउने सर्तमा त्यताबाट पनि बिदा भयाैं।
हामीले स्थलगत रिपोर्टिङका क्रममा चाबहिल, बाैद्ध र जाेरपाटीका यी स्पा- ग्रिन साइन स्पा,हेभन मेक हेल्थ स्पा,युनिक हेल्थ स्पा,साकुरा स्पा र एभरेष्ट हेल्थ स्पालगायतमा पनि ह्याप्पी इन्डिङ हुने गरेको पाइयाे।
‘केही स्तरीय स्पाबाहेक प्रायःमा ह्याप्पी इन्डिङ हुन्छ,मसाज र स्पाका नियमित ग्राहक रहेका एक जनाले ठोकुवा गरेर भने,यति नभइ त मसाज र स्पा सेन्टर चल्छ पनि कसरी? जिउ मालिस गर्नलाई मात्र त को त्यहाँ जान्छ र ? रमाइलो त हुनै प-यो नि हाेइन र ?
बाध्यताले मसाजसम्म
मसाज सेन्टर र स्पामा काम गर्ने अधिकांश कर्मचारीको आ–आफ्नै बाध्यताहरू हुन्छन्।अधिकांश कलेज पढ्ने किशाेरीले आफ्नाे चाहाना पुरा गर्न र घरकाे अवस्था कमजोर भएकाले बाध्यताले यस्ताे काम गर्न बाध्य भएकाे बताउने गरेका छन् भने कसैलाई श्रीमानले छाडेको,आर्थिक अवस्था कमजोर लगायतका कारणले उनीहरुलाई मसाज र स्पा सेन्टरसम्म अश्लील काम गर्न बाध्य बनाउने गरेको रिर्पोटिङका क्रममा खुल्यो।
हामीले ग्राहकको भेषमा काठमाडौं उपत्यकाका विभिन्न भागमा रहेका स्पा सञ्चालकहरूसँग कुरा गर्ने रिपाेटिङ गर्ने क्रममा भ्वाइस रेकर्डिङ गरेर उनिहरूसँग कुराकानी गर्ने गरेका थियाै। स्पा र मसाज सेन्टरमा हुने यस्ता अनैतिक काम राेक्न नियमनकारी निकायले चासाे दिन जरूरी रहेकाे देखिन्छ।
बाँकी अर्काे रिपाेटिङमा …?
यस्ताे छ ऐनमा व्यवस्था
मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐन २०६४ मा कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कार्यलाई मानव बेचबिखन तथा ओसार प्रसार गरेको मानिने उल्लेख छ ।
ऐनले वेश्या वृत्तिमा लगाउने वा शोषण गने उद्देश्यले कुनै प्रकारले ललाई,प्रलोभनमा पारी, झुक्याइ कसैलाई बसिरहेको घर,स्थान वा व्यक्तिबाट छुटाइ आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने कुनै स्थानमा राख्ने वा नेपालभर एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा विदेश लैजाने वा अरु कसैलाई दिने कार्यलाई निषेध गरेको छ।
कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कसुरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र वेश्यागमन गर्नेलाई एक महिनादेखि ३ महिना कैद र २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।
मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि विद्यमान मुख्य कानुनी व्यवस्थाहरुः सराेकारवाला निकाय
नेपालको संविधान २०७२ मा मौलिक हक र कर्तव्यको रुपमा र नागरीक सुरक्षा नीतिमा समेत उल्लेख गरेको छ। त्यस्तै मुलुकी अपराध (संहिता) ऐन, २०७४। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र नियमावली २०६५ । श्रमजीवि महिलाहरूप्रति डान्स रेस्टुरेन्ट, डान्स बार,मसाज,स्पा जस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)ऐन २०६४ र नियमावली २०६५का मुख्य व्यवस्थाहरुमा दण्ड तथा सजाय सम्बन्धि,क्षतिपूर्ति सम्बन्धि, गोपनीयता सम्बन्धि, पिडितको बयान प्रमाणित गराउने व्यवस्था एवं पीडकलाई पक्राउ गर्न वा खानतलासी लिन सकिने व्यवस्था गरिएको छ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रमुख समन्वयकारी निकायहरूमा महिला,वालवालिका तथा समाजकल्याण मन्त्रालय,मानव वेचविखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समिति, मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति,मानव वेचविखन तथा ओसारपसार नियन्त्रण कार्यदल-उपसमिति मानव वेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय सयन्त्रहरु सक्रिय छन्।
त्यस्तै मानव बेचबिखन ऐन २०६४ अन्तर्गत (दफा ४ )मा अरुलाई वेश्यावृत्तिमा लगाउनेलाई कारबाही गर्ने कुरा उल्लेख छ।
यो केवल राष्ट्रिय दण्ड (संहिता) ऐन,२०१७ को खण्ड ११९ र १२० हो जसले वेश्यावृत्तिको लागि अनुरोध गर्न निषेध गर्दछ। कुनै व्यक्ति वेश्यावृत्तिमा संलग्न भएमा वा कसैलाई संलग्न गराएमा तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख छ।
यसैबीच ऐनको दफा १२० ले कुनै पनि व्यक्तिले जानीजानी आफ्नो घर, जग्गा वा यातायातका साधन उपलब्ध गराउन नहुने ऐनमा उल्लेख गरेको छ।
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
१३ घण्टा अगाडि
2.1kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



