प्रधानमन्त्री बालेन्द्र शाह ले समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फका सांसदहरूसँग आज महत्वपूर्ण अन्तरक्रिया गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे हुने उक्त छलफलमा प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलका समानुपातिक सांसदहरूको सहभागिता रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री बालेनले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग प्रदेशगत रूपमा चरणबद्ध अन्तरक्रिया गरिसकेका थिए। सोही क्रमलाई निरन्तरता दिँदै अब समानुपातिकतर्फका सांसदहरूसँग संवाद गर्न लागिएको हो।

सरकारले जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष समन्वय तथा संवादलाई सुदृढ बनाउँदै नीति निर्माण र कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरेको बताएको छ।

राजनीतिक दलहरूबीच सहकार्य र साझा धारणा निर्माणका लागि समेत यो अन्तरक्रिया महत्वपूर्ण मानिएको छ।

Facebook Comments Box
नेपाल वायुसेवा निगममा तालिम प्रकरण: चलखेल प्रयास असफल, वरिष्ठताका आधारमा छनोट
१८ घण्टा अगाडि

3.0kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं —  नेपाल वायुसेवा निगमको अपरेसन विभागमा देखिएको विवादास्पद ‘क्रु ट्रेनिङ’…

TOP
461 Shares