

प्रतिवद्धतापत्रप्रति आशिका तामाङ असन्तुष्ट: ‘प्रवासी नेपालीलाई दोस्रो दर्जाको व्यवहार अस्वीकार्य’
काठमाडौं — आशिका तामाङले सरकारद्वारा सार्वजनिक ‘राष्ट्रिय प्रतिबद्धतापत्र’प्रति तीव्र असन्तुष्टि जनाएकी छन्। की प्रतिनिधिसभा सदस्य तामाङले विदेशमा रहेका नेपालीका कानुनी र व्यवहारिक समस्यालाई स्पष्ट रूपमा सम्बोधन नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक लामो टिप्पणीमा उनले प्रश्न उठाएकी छन्—“देशभित्रका लागि योजना बनाइयो, तर देशलाई आर्थिक रूपमा धानेर बसेका आधारस्तम्भलाई किन बिर्सियौँ ?”
उनले राष्ट्रिय हितको रक्षा राज्यको पहिलो कर्तव्य भए पनि आफ्नै नागरिकलाई दोस्रो दर्जाको व्यवहार गर्ने नीति अस्वीकार्य हुने स्पष्ट पारिन्। “प्रवासी नेपालीहरूलाई शङ्काको दृष्टिले होइन, सम्मानका साथ हेर्नुपर्छ,” उनले जोड दिइन्।
तामाङले विदेशमा रहेका नेपालीहरू देश छोडेर नभई नेपाललाई विश्वका विभिन्न कुनामा प्रतिनिधित्व गर्दै हिँडिरहेको उल्लेख गर्दै भनिन्, “उहाँहरूले देश छोड्नुभएको होइन, नेपाललाई बोकेर हिँड्नुभएको छ।”
नीतिहरू व्यवहारमा पनि न्यायपूर्ण हुनुपर्नेमा जोड दिँदै उनले कानुन कागजमै सीमित हुँदा नागरिकको आत्मसम्मानमा चोट पुग्ने बताइन्।
उनले अन्तर्गतको प्रावधानप्रति पनि गम्भीर आपत्ति जनाएकी छन्। विदेशको स्थायी बसोबास अनुमति (PR) त्यागेको तीन महिनापछि मात्र राजनीतिक वा प्रशासनिक अधिकारका लागि योग्य हुने व्यवस्था अन्यायपूर्ण भएको उनको तर्क छ।
“के विदेशमा बसेको नेपाली स्वदेशमा बस्नेभन्दा कम नेपाली हो ?” भन्ने प्रश्न गर्दै उनले को धारा १० ले कुनै पनि नेपालीलाई नागरिकताको अधिकारबाट वञ्चित नगर्ने स्पष्ट व्यवस्था गरेको स्मरण गराइन्।
“पिआर लिनु देश बिर्सिनु होइन, जीवन सहज बनाउने माध्यम मात्र हो। शरीर विदेशमा भए पनि मन र पहिचान सधैँ नेपालमै हुन्छ,” तामाङले उल्लेख गरेकी छन्।
उनको यो अभिव्यक्तिले प्रवासी नेपालीको अधिकार, नागरिकता नीति र राज्यको दृष्टिकोणबारे नयाँ बहस सुरु गराएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



