

बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजन बाग श्रेष्ठले चौथोपटक निभाए परम्परा
भक्तपुरमा प्राचीन परम्पराअनुसार मनाइँदै आएको बिस्का जात्राअन्तर्गत बुधबार मध्यपुर ठिमीको बोडेमा जिब्रो छेड्ने जात्रा भव्य रूपमा सम्पन्न भएको छ। यस वर्ष पनि स्थानीय सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन्।
हरेक वर्ष वैशाख २ गते मनाइने यो जात्रा लिखित इतिहास नभए पनि प्राचीनकालदेखि चलिआएको जनविश्वास छ। परम्पराअनुसार जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्ने हुन्छ। व्रत नबसेमा जिब्रो छेड्दा पीडा बढी हुने, रगत आउने तथा विभिन्न बिघ्नबाधा आउने विश्वास गरिन्छ।
जात्राको मुख्य आकर्षणका रूपमा मध्यपुर ठिमी–२ स्थित गणेश मन्दिरअगाडि रहेको पाटीमा नकर्मी नाइकेले करिब एक फिट लामो फलामको सुइरोले जिब्रो छेड्ने परम्परा निभाइन्छ। जिब्रो छेडेपछि सहभागीले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी मन्दिरलगायत विभिन्न शक्तिपीठको परिक्रमा गर्छन्।
परिक्रमा सम्पन्न भएपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकालिने चलन रहेको छ। आस्था, साहस र सांस्कृतिक पहिचानको प्रतीक मानिने यो जात्राले स्थानीय समुदायको परम्परा संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१३ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



