

सामुदायिक सहकार्यले मात्रै सम्भव शान्ति सुरक्षा : एसएसपी रमेश थापा
काठमाडौं — जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाको प्रमुख आतिथ्यमा “शान्ति सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका–९, सिनामंगलस्थित पञ्जकुमारी मन्दिरको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामुदायिक अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै एसएसपी थापाले जिल्लाको शान्ति सुरक्षा अवस्था सुदृढ बनाउन प्रहरी र स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन्। उनले अपराध नियन्त्रण प्रहरीको एक्लो प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवाको सक्रिय भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए।
“समुदायसँगको सहकार्य बिना दिगो शान्ति सुरक्षा सम्भव छैन,” उनले भने, “सामुदायिक प्रहरी अवधारणाले प्रहरीमा सुधार ल्याउनुका साथै नागरिकसँगको सम्बन्धलाई अझ विश्वासिलो र सुदृढ बनाउँछ।”
कार्यक्रममा सहभागीहरूले स्थानीय स्तरमा देखिएका सुरक्षा चुनौती, अपराध नियन्त्रणका उपाय तथा प्रहरी–जनता सहकार्यका विभिन्न पक्षमा खुला छलफल गरेका थिए। सहभागीहरूले समुदायमै आधारित सुरक्षा रणनीति अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
यस प्रकारका अन्तरक्रिया कार्यक्रमले प्रहरी र नागरिकबीचको दूरी घटाउँदै आपसी विश्वास अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१२ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



