

फौजी परम्पराअनुसार अवकाशप्राप्त प्रहरीलाई भव्य बिदाइ
काठमाडौं । नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १, नक्सालमा कार्यरत तीन जना प्रहरी अधिकृतहरूको अनिवार्य अवकाशको अवसरमा फौजी परम्पराअनुसार भव्य बिदाइ कार्यक्रम सम्पन्न गरिएको छ।
अवकाश प्राप्त गर्नेहरूमा प्रहरी वरिष्ठ नायव निरीक्षक भवानी चन्द, प्रहरी नायव निरीक्षक केशर बहादुर बि.क. र प्रहरी नायव निरीक्षक विष्णु कुमारी काफ्ले रहेका छन्। उनीहरूको सम्मानमा गण परिसरमै आयोजित कार्यक्रममा भावुक वातावरणका बीच सम्मानपूर्वक बिदाइ गरिएको थियो।
कार्यक्रममा बोल्दै अवकाशप्राप्त वरिष्ठ नायव निरीक्षक भवानी चन्द र नायव निरीक्षक विष्णु कुमारी काफ्लेले आफ्नो लामो प्रहरी सेवाका अनुभव सुनाउँदै संगठनप्रतिको समर्पण र जिम्मेवारीलाई जीवनको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। उनीहरूले सेवा अवधिभर साथ दिने सहकर्मी र संगठनप्रति आभार व्यक्त गर्दै आगामी जीवनका लागि शुभेच्छा आदानप्रदान गरे।
वरिष्ठ नायव निरीक्षक भवानी चन्दले नेपाल प्रहरीमा २८ वर्ष लामो समय निरन्तर सेवा गर्दै उत्कृष्ट कार्यसम्पादनका आधारमा सोही पदमा बढुवा पाएका थिए, जसले उनको पेशागत समर्पण र दक्षताको उदाहरण प्रस्तुत गरेको छ।
कार्यक्रममा गण प्रमुख प्रहरी उपरीक्षक अपील राज बोहराले अवकाशप्राप्त अधिकृतहरूलाई मायाको चिनो प्रदान गर्दै उनीहरूको योगदानको उच्च कदर गरे। उनले प्रहरी संगठनप्रति उनीहरूले देखाएको इमान्दारिता, अनुशासन र समर्पण सधैं स्मरणीय रहने उल्लेख गर्दै सुखद, स्वस्थ र समृद्ध सेवानिवृत्त जीवनको कामना व्यक्त गरे।
सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू र अन्य प्रहरी कर्मचारीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले संगठनभित्रको आपसी सद्भाव, सम्मान र फौजी संस्कृतिको झल्को दिएको थियो।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
११ घण्टा अगाडि
1.7kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



