

गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन हर्क साम्पाङको सुझाव
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले गृहमन्त्री लाई राजीनामा दिन सुझाव दिएका छन्।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साम्पाङले वर्तमान परिस्थितिमा गृहमन्त्रीले पदबाट अलग हुनु नै उपयुक्त हुने धारणा व्यक्त गरे। उनले गृहमन्त्रीमाथि बारम्बार उठिरहेका प्रश्नहरूलाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै नैतिक जिम्मेवारी वहन गर्न आग्रह गरेका हुन्।
“विषयवस्तु ठूलो नहुन सक्छ, तर प्रश्न उठिरहेकै छ। पटक–पटक नयाँ कुरा सार्वजनिक हुनु राम्रो संकेत होइन,” साम्पाङले भने, “यस्तो अवस्थामा उहाँले मार्ग प्रशस्त गरिदिनु नै उचित हुन्छ भन्ने मेरो सुझाव हो।”
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा पक्राउ परेका व्यवसायी सँग गृहमन्त्रीको कथित साझेदारी सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका छन्। सो प्रकरणपछि सरकारभित्र र बाहिर दुवैतर्फबाट गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठ्दै आएको छ।
साम्पाङले गृहमन्त्रीसँग जोडिएका विवादहरू निरन्तर सार्वजनिक भइरहँदा त्यसले सरकारको छवि कमजोर बनाउने चेतावनी दिए। उनले यस्ता अवस्थाले जनविश्वासमा असर पर्ने भएकाले नैतिक आधारमा निर्णय लिनुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार, “सरकारप्रतिको विश्वास जोगाउन र पारदर्शितालाई प्राथमिकता दिन अहिलेको अवस्थामा जिम्मेवारीबाट अलग हुनु नै उपयुक्त विकल्प हुन सक्छ।”
समाज
थप सामाग्री-
बागमती प्रदेशमा भाषा दिवसको अवसरमा सार्वजनिक बिदा, वैशाख २४ गते प्रदेशभर बिदा लागू
-
लिपुलेकसम्बन्धी भारत–चीन व्यापारिक सहमतिप्रति नेपाल असहमति, कूटनीतिक पहल अघि बढाइएको रास्वपाको दाबी
-
भिजिट भिसाको आवरणमा बढ्दो मानव तस्करी : राज्य कहिले गम्भीर बन्छ ?
-
अनुमतिविनै वैदेशिक रोजगारीको धन्दा चलाउने कन्सल्ट्यान्सीमा सिल
-
आज बैशाख २४ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.9kViews 474 Shares Share on Facebook Share on Twitter मेष- चिताएको काममा सफलता नमिल्न सक्छ । साथीभाइसँग मनमुटाव हुन सक्छ ।…



