गृहमन्त्रीमाथि गम्भीर आरोप: महेश बस्नेतद्वारा राजीनामाको माग

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुदन गुरुङ माथि गम्भीर आरोप लगाउँदै तत्काल राजीनामाको माग गरेका छन्।

बस्नेतले गृहमन्त्री गुरुङ ‘स्टार माइक्रो इन्स्योरेन्स’ कम्पनीमा बिचौलिया दीपक भट्टसँग व्यावसायिक साझेदारीमा रहेको तथ्य बाहिरिएको दाबी गर्दै निष्पक्ष अनुसन्धानका लागि पद त्याग्नुपर्ने बताएका हुन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनुपर्ने उल्लेख गरेका छन्।

बस्नेतले आरोपको सन्दर्भमा प्रधानमन्त्री , (प्रचण्ड) र को नाम जोडेर बदनाम गर्ने प्रयास भएको पनि बताएका छन्। तर अनुसन्धानका क्रममा उनीहरूसँग सम्बन्ध नदेखिएको दाबी गर्दै बरु गृहमन्त्री गुरुङसँग नै २५ लाख रुपैयाँ बराबरको शेयर रहेको तथ्य फेला परेको उनको भनाइ छ।

यसैगरी, बस्नेतले कार्की आयोगका सदस्य को नाममा समेत १० लाख रुपैयाँ बराबरको शेयर रहेको भनिएको उल्लेख गरेका छन्। यद्यपि, दीपक भट्ट दोषी हुन् वा होइनन् भन्ने विषय न्यायालयले तय गर्ने उनले बताएका छन्।

यसबीच, बस्नेतले गृहमन्त्रीले राजीनामा नदिए थप विवादास्पद तथ्य सार्वजनिक गर्ने चेतावनी दिएका छन्। मन्त्री बन्नुअघि ‘तातोपानी काण्ड’सँग सम्बन्धित भिडियो फुटेज पत्रकारहरूसँग सुरक्षित रहेको दाबीसमेत उनले गरेका छन्।

तर उक्त ‘तातोपानी काण्ड’ के हो र भिडियो कससँग छ भन्नेबारे भने उनले स्पष्ट खुलाएका छैनन्।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
298 Shares