जनरक्षाको समाचार प्रति डिएसपी पनेरुको आपत्ति

काठमाडौं ।जनरक्षा मिडियाद्वारा सञ्चालित अनलाइन पोर्टल जनरक्षा डटकममा मिति २०८२ साल चैत ८ गते प्रकाशित समाचारको डिएसपी निर्मल पनेरुले खण्डन गरेका छन।जनरक्षाले सो दिन ” डिएसपी पनेरुका कारण डुङ्गडुङ्गती गन्हाउँदै प्रहरी परिसर काठमाडौं” शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।तत्कालीन समयमा प्रहरी परिसर काठमाडौंको प्रशासन शाखा प्रमुख रहेका पनेरुलाई हाल नेपाल प्रहरीको दङ्गा गण त्रिपुरेश्वरमा तानिएको छ।

 नेपाल प्रहरीको इन्सपेक्टर पदमा रहँदा पनेरु प्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओ बसेकोमा दुईमत छैन। तत्कालीन प्रधानमन्त्री ओलीकै आशीर्वाद पछि नेपाल प्रहरीका काविल अफिसरहरुलाई पछि पार्दै पनेरु डिएसपी बन्न सफल भएको सोही समयमा प्रहरी बृतमा चर्चा चलेको थियो। पनेरु डिएसपीमा बढुवा भए लगत्तै काठमाडौं प्रहरी परिसरको बैँकिँग कसुर शाखाको प्रमुख भएका थिए।तत्कालीन समयमा काठमाडौं प्रहरी प्रमुख थिए एसएसपी विश्व अधिकारी ।डिएसपी पनेरु सेवाग्राहीसँग कमबोल्ने भन्दापनि वोल्दै नवोल्ने गरेका गुनासाहरु एसएसपी अधिकारीको टेबुलसम्म पुग्नेगरेको बताइन्छ ।सम्मानित प्रेस काउन्सिलले यश विषयमा तत्कालीन काठमाडौंका एसएसपी एवम् हाल प्रहरी मुख्यालयका प्रबन्ध विभाग प्रमुख समेत रहेका डिआइजी विश्व अधिकारी सँग बुझ्दा सहज होला ।तत्कालीन समयमा काठमाडौंमा आर्थिक अपराधसँगै चेक बाउन्स शाखामा खचाखच सेवाग्राहीको भिडलाई सेवादिनुका सट्टा डिएसपी पनेरु मौन बस्दै आएको भन्दै “किलो” टु रहेका अपिलराज बोहराको टेबुलमा सेवाग्राहीहरुको थुप्रै गुनासाहरु थुप्रीएका थिए ।सम्मानित प्रेस काउन्सिलले यश विषयमा तत्कालीन “किलो टु” एवम् हाल प्रहरी मुख्यालय एक नम्बर गणका प्रमुख रहेका एसपी अपिलराज बोहरा सँग बुझ्न जनरक्षा आग्रह गर्दछ ।

यसैगरी काठमाडौंको स्वयम्भूमा बस्दै आएका मिटर व्याजी हरेश माया खड्गी र बुद्ध रत्न खड्गीलाई साधुराम तामाङको जाहेरीले अनुचित लेनदेनमा पक्राउ पुर्जी जारी थियो तर खड्गी दम्पती परिसरमै झुल्की रहेको देखिन्थे यो कसरी सम्भव भयो ? तत्कालीन समयको पक्राउ पुर्जी र खड्गी दम्पतीको परिसरमा उपस्थितिको फुटेज हेर्न पनि जनरक्षा आग्रह गर्दछ।खड्गी दम्पतीमाथि पक्राउ पुर्जी जारी भएको सुँइको पाएका तत्कालीन स्वयम्भूका डिएसपी उद्वव सिहँ भाटले  पक्राउ गरि एसएसपी विश्व अधिकारीलाई बुझाएको रेकर्ड पनि प्रहरी परिसरमै होला तेतापनि ध्यान दिन जनरक्षाले आग्रह गर्दछ।

 यी सबै घट्नाक्रमका नालिबेलीलाई उछिन्दै डिएसपी पनेरुले काठमाडौंको कालिमाटीमा सानो व्यापार गर्दै आएका संजय साहलाई दुख दिएको समाचार प्रकाशित गर्न जनरक्षा बाध्य भयो ।

उपत्यकालाई आधार इलाका बनाउँदै मिटर व्याजी धन्दा चलाउँदै आएका भारतीय नागरिक भरत प्रसाद साह( हाल नेपालको समेत नागरिक्ता भएको )सँग मिली डिएसपी पनेरुले हैरानी दिएको विषय जनरक्षा समक्ष आयो ।

कालिमाटीमा सानो व्यापार गर्दै आएका एक व्यापारीले व्यापारको सिलसिलामा भरत प्रसाद सँग एक करोड रुपैयाँ ऋण लिएकोमा मिटर व्याज सहित करिव १० करोड रुपैयाँ बुझाई सकेको पिडितले रुँदै जनरक्षालाई बताए पछि जनरक्षाका सञ्चालक राम शरण काफ्लेले डिएसपी पनेरु सँग सम्पर्क गर्दा उनले आफू आमा बिरामी भएर हस्पिटल रहेको बताउँदै ऋणीले ऋण तिर्नु पर्ने बताएका थिए ।तर जनरक्षा प्रतिनिधिले आर्थिक लेनदेन त अदालतले हेर्ने विषय हैनर भन्ने प्रश्नमा भने डिएसपी पनेरुले बोल्न रुचाएका थिएनन। यश विषयलाई लिएर जनरक्षाका प्रतिनिधिले प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापासँग सम्पर्क गर्दा बल्ल डिएसपी पनेरुको रवैयाबारे छरपस्ट भयो ।एसएसपी थापाले डिएसपी पनेरुलाई फोनबाट सम्पर्क गर्दै भरत प्रसाद र संजय साहको लेनदेन विषय के हो ? भन्दै सोधपुछ गरेपछि संञ्जय साहलाई बाराम्बार फोन गरी पैसा तिर्न भनेको स्वीकार गरेका थिए।यश विषयमा पनि काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश थापा सँग बुझ्न जनरक्षा आग्रह गर्दछ।

 अझ रोचक कुरा त परिसरको आर्थिक प्रशासन हेर्ने जिम्मेवारी पाएका डिएसपी पनेरुले ठाडो उजुरी हेर्ने इन्सपेक्टरको कार्यक्षेत्र मिचि व्यापारी साहलाई किन बारम्बार फोन गरे ? सम्बन्धित निकायले छानबिन गरोस । पिडित व्यापारी सुगर,प्रेसर र डिप्रेसनका रोगले आफैं क्षेतविक्षेत अवस्थामा रहेका वेला प्रहरी बृत कालिमाटीमा किन दिउँस भरी उभ्याउने काम गरियो डिएसपी सा´प ? यो गैर कानुनी विषय हो भन्न अप्ठ्यारो नपर्ला।

पिडित व्यापारीले तिर्नै नपर्ने रकमलाई तिर्नु पर्छ भन्दै  बाराम्बार फोन गर्दै धम्क्याएर भरत प्रसाद र उनका छोरा बुहारीको नाम उल्लेख गर्दै ३ करोडको दरले तीन वटा कागजमा ९ करोडको तमसुक बनाई हस्ताक्षर गराउने तयारीमा को को जुटे डिएसपी सा´प ?यसैगरी वर्ष ३१ राकेश जैशवाल,वर्ष ३० को मेनुका कुमारी प्रसाद ,वर्ष २४ को सुनन्दा कुमारी गुप्ता गरि यी तीन जना एका घरको व्यक्तिको आयसोर्त के हो ? अनि एकै दिन घरखर्च बापत नौ करोड रुपैयाँ कसले लिन्छ ,कसले दिन्छ श्रीमान ?

थप रहस्य यसरी खुल्यो :

गत मिति २०८३ साल बैशाख ८ गते भरत प्रसादले एक सिलवन्दी खाम तयार गरेर सञ्जय साहको पसलमा एक व्यक्ति मार्फत पठाए ।संंजयले सो खाम लिएर खोल्दै नखोलि आफैँ भरत प्रसादको पसलमा  पुर्याउन गएपछि लफडा सुरु भयो ।पिडित व्यापारी माथि हातपात समेत भएपछि घट्ना पुग्यो प्रहरी परिसर काठमाडौंको १०६ नम्बर कोठामा ।लगतै भरत प्रसादले तामझाम सहित २० /२५ जना लिएर लिएर प्रहरी परिसर काठमाडौं पुगेको सोर्तले बताएको छ।प्रहरी परिसर काठमाडौं सोर्तका अनुसार पिडित व्यापारी संजय साह र भरत प्रसाद विच केही आर्थिक कारोबार भएपनि लेनदेन भईसकेको र थप लेनदेनको कुनै प्रमाण नभेटेपछि मेलमिलाप गरि पठाइएको छ।प्रहरी परिसर १०६ नम्बर सोर्त भन्छ ” लेनदेनको प्रमाण देखिएन यदि प्रमाण छ भने अदालत जाने हो प्रहरीमा हैन भन्दै पठाएका छौँ।

अन्तमा : जनरक्षाले कुनै राष्ट्र सेवक कर्मचारीमाथि गलत लाञ्छना लगाउने किसिमका गलत हर्कत नगरेको स्पष्ट पार्न चाहन्छौं ।जनरक्षाले शान्ति ,सुशासन र सत्यतथ्य र यथार्थ परक सुचना प्रवाह गर्दै आएको छ,अनि रहन्छ पनि। सम्मानित प्रेस काउन्सिलको मार्गनिर्देशन नै जनरक्षाले आफ्नो अभिभावकत्व स्वीकार गर्दछ।

यस्तो छ डिएसपी पनेरुको जनरक्षाले प्रकाशित गरेको समाचार प्रती खण्डन :IMG_20260422_0004

 

Facebook Comments Box
TOP
237 Shares