हर्क साम्पाङको आक्रोशपूर्ण अभिव्यक्ति: पूर्वसचिव भीम उपाध्यायमाथि कडा टिप्पणी, भाषाशैलीमाथि प्रश्न

काठमाडौं । सेतै फुलेका पूर्वसचिव भीम उपाध्यायलाई श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले अत्यन्तै न्यून स्तरको भाषा प्रयोग गरेर गाली गरेका छन् ।
सुकुम्वासी बस्ती खाली गराउने सरकारको अभियानविरुद्ध उत्रिएका साम्पाङले पूर्वसचिव उपाध्यायलाई ‘डेढुमुखे’ भन्दै गाली गरेका हुन् ।उपाध्यायले फेसबुकमा एउटा पोस्ट सेयर गर्दै लेखेका थिए–‘मर्दले यसरी काम गर्छ, नामर्दहरू यसरी रुन्छन् ।’
उनको पोस्टमा एआई सिर्जित एउटा तस्बिर छ । जहाँ पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, केपी शर्मा ओली र हर्क साम्पाङ रोइरहेका छन् । तस्बिरमाथि लेखिएको छ–सुकुम्वासीको नाममा चल्ने राजनीतिको पसल बन्द भएपछि ।
यो पोस्टमा प्रतिक्रिया जनाउँदै साम्पाङले उपाध्यायलाई ढेडुमुखे भनेका हुन् । उनले लेखेका छन्–‘तँलाई के थाहा छ गरिबको पीडा ??? मेलम्चीको घोटाला मुछिएको ढेडुमुखे ।’
सांसदको भाषा यस्तो हुन्छ ? यो जवाफमा साम्पाङलाई निकै गाली आएको छ ।  यद्यपी पूर्वसचिव उपाध्यायले भने अहिलेसम्म जवाफ फर्काइसकेका छैनन् ।
साम्पाङले आफ्नो फेसबुक पेजमा सुकुम्वासी वस्ति हटाउने सरकारको कदमलाई लिएर धारावाहिक स्टाटस लेख्दै विरोध जनाइरहेका छन् । आजै मात्र उनले दर्जनौँ पोस्ट गरिसके ।
एउटा पोस्टमा उनले लेखेका छन्–‘यो सरकारलाई म त्यो दिन धन्यवाद दिनेछु जुन दिन महाकालीमा सिमाना नदीलाई च्यापेर भारतले आफूखुसी बनाइरहेको बाँध रोकेर देखाउँछ ! त्यो जाबो गरिबको झुपडी भत्काएर बहादुर सम्झनु र सानो बालकसँग लडेर मैले जितेँ भन्नु एउटै हो !’
उनको अर्को पोस्टमा भने ‘अबको ५ वर्ष गरिब, निमुखा, साना व्यवसायी, अव्यवस्थित बसोबासी, सुकुम्वासीहरूले देख्ने भनेको ‘डोजर, पुलिस, लट्ठी, बुट, बन्दुक र जेलखाना’ मात्रै हुन् ! अरू केही छैन भिजन ! मैले चुनाव ताका निक्कै भनेको थें तर बुझेनन् ! अब परि चेत्नेछन् !’ उल्लेख छ ।

Facebook Comments Box
मनोहरा किनारका अतिक्रमित बस्तीको स्थलगत अवलोकन, सुरक्षित स्थानान्तरणमा जोड : आईजीपी दान बहादुर कार्की
५ घण्टा अगाडि

1.4kViews 398 Shares Share on Facebook Share on Twitter काठमाडौँ ।नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले मनोहरा नदी किनारमा अतिक्रमित…

TOP
103 Shares